• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • अपराजित सुदूरपश्चिमविरुद्ध चितवनको प्रतिस्पर्धा

अपराजित सुदूरपश्चिमविरुद्ध चितवनको प्रतिस्पर्धा

  • आइतवार, मंसिर २३, २०८१
अपराजित सुदूरपश्चिमविरुद्ध चितवनको प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते अलराउण्डर कुशल मल्ल र टाइगर उपनाम पाएका दाँयाहाते अलराउण्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ ।

दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवनले पनि तीनमध्ये दुई खेल चाहिँ जितेको छ भने बलियोमध्येकै टिमका रूपमा देखिएको छ ।

सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफमा स्थान लगभग पक्का गर्ने लक्ष्यमा हुनेछ । सुदूरले खेल्नुअघि विहान जनकपुरले पनि खेल्दै छ । दुवै टोलीले जित निकाले प्लेअफ लगभग पक्का हुनेछ ।

चितवन राइनोजले तीन खेलमध्ये सुरूवाती दुई खेल जितेको थियो । बलरहरूको शानदार प्रदर्शनमा चितवनले काठमाण्डु र पोखरालाई हराउँदा कर्णालीसँग भने पराजित भएको थियो

खेल : सुदूरपश्चिम रोएल्स भर्सेस् चितवन राइनोज

मिति र समय : २३ मंसिर, दिउँसो १ बजे

सुदूरपश्चिम रोएल्स सम्भावित ११ : इशान पाण्डे, अमित श्रेष्ठ, विनोद भण्डारी, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, दिलप्रीत बजवा/वसन्त खत्री, सेफ अली जैब, अविनाश बोहरा, स्कट कुगेलेइन, नरेन साउद

चितवन राइनोज सम्भावित ११ : हसन एइसाखिल, दीपक बोहरा, लुक बेनकेन्सटाइन, कुशल मल्ल, रवि बोपारा, रिजन ढकाल, सोहेल तनविर, बिपिन रावल, सन्तोष कार्की, शरद भेषावकर, अमरसिंह राउटेला

चर्चामा

सम्बन्धित समाचार