बिहिबार, मंसिर २७, २०८१
  • होमपेज
  • राजनीति
  • जिल्लाको बिकासमा बाजुराका दलहरुको ऐकेबद्धता

जिल्लाको बिकासमा बाजुराका दलहरुको ऐकेबद्धता

  • शुक्रबार, मंसिर २१, २०८१
जिल्लाको बिकासमा बाजुराका दलहरुको ऐकेबद्धता

 बाजुरा– बाजुराको बिकासका लागि बाजुराका सबै दलहरु ऐकेबद्धता भएर लाग्ने प्रतिबद्धता जनाएका छन । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा गरिएको सर्वदलीय सर्वपक्षीय समन्वयात्मक बैठकमा बाजुराकास सबै दलहरुले यस्तो प्रतिबद्धता जनाएका हुन ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा बसैको बैठकमा जिल्ला स्थित सबै राजनीतिक दलहरु तथा सरोकारवालाहरुको उपस्थितिमा जिल्लामा भौतिक पूर्वाधार विकास, सामाजिक सुधार, राजनीतिक संस्कार अभिवृद्धि लगायतका बिषयमा समीक्षा गरिएको समन्वय समितिका कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले बताएका छन । बाजुरा जिल्लाको विकासका लागि जिल्लास्थित सबै राजनीतिक दलहरुले विकासका सवालहरुमा प्राथमिकताका साथ एकताबद्ध भएर लाग्ने गरि छलफल गरिएको उनले बताए ।
बैठकले २०८१ मंसिर १६ गते स्वामीकार्तिक गाउँपालिकामा सम्पन्न उपाध्यक्षको निर्वाचनलाई शान्तिपूणर् रुपमा सम्पन्न गर्न गराउन सहयोग गर्ने प्रशासन, राजनीतिक दल, स्वामीकार्तिक गाउँपालिकाका सम्पूणर् जनताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्ने निणर्य गरेको कार्यालय प्रमुख पाण्डेले बताएका छन ।
त्यसै गरी स्वस्थ राजनीतिक प्रतिस्पर्धालाई प्रवर्द्धन गर्दै राजनीतिक सद्भावको लागि पहल गर्ने र सबै दलका शीर्ष नेताहरुबाट सामाजिक सद्भावको लागि सामुहिक रुपमा सार्वजनिक अपिल गर्ने निणर्य गरिएको बताए । त्यस्तै गरि बाजुरा जिल्लामा मदिरा व्यवस्थापन गर्नका लागि जिल्ला समन्वय समिति, स्थानीय तहहरु र प्रशासनलाई सबै राजनीतिक दलले सहयोग गर्ने र सबै राजनीतिक दलहरुले जनस्तरबाट यस अभियानको नेतृत्व र स्वामित्व लिने निणर्य गरिएको बताएका छन ।
जिल्ला समन्वय समितिका प्रमुख  तुलसीराम रोकायाको अध्यक्षताममा बसेको बैठकमा प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाही, पूर्वमन्त्री कर्ण बहादुर थापा, जिल्ला समन्वय समिति उपप्रमुख लाछु साकी, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, नेकपा एमाले केन्द्रिय सदस्य सहदेव बोगटी, नेपाली काँग्रेस केन्द्रिय प्रतिनिधि तथा पूर्व पार्टी सभापति कविराज पण्डित, नेकपा माओवादी केन्द्र, सुदुर पश्चिम प्रदेश कमिटि कोषाध्यक्ष, कमल कुमारी शाह, नेपाली काँग्रेस, ,सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यष लाल बहादुर ओली नेकपा (एकिकृत समाजवादी पार्टी) बाजुराका अध्यक्ष पुर बहादुर रावत, नेपाली काँग्रेस बाजुराका उप सभापति पदम बहादुर बडुवाल, श्री राप्रपा बाजुराका सचिव दल बहादुर थापा, नेकपा (एकिकृत समाजवादी पार्टी) बाजुराका उपसचिव दीर्घराज पाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, प्रहरी नायब निरीक्षक देवसिंह धामी, उद्योग वाणिज्य संघ बाजुराका अध्यक्ष देव बहादुर रोकाया, पत्रकार प्रकाश बहादुर सिंह लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार