• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने

बाजुरामा मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने

  • शुक्रबार, मंसिर २१, २०८१
बाजुरामा मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने

बाजुरा —बाजुरामा मंसिर २३ गते अर्थात आइतवारबाट मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै उपनिर्वाचनका लागि यसअघि स्थगित भएको मतदाता नामावली दर्ताको काम पुनः आइतबारबाट सुरु हुने जानकारी गराएको हो ।

बिहिवार निर्वाचन आयोगले देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम सुरु गर्ने निणर्य गरेको थियो । निर्वाचन आयोगको निणर्य पश्चात् उपनिर्वाचनका लागि असोज १ गतेबाट स्थगित भएको मतदाता नामावली दर्ताको काम पुनः सुचारु गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

कार्यालयले सूचनामार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेका नागरिकहरुले सक्कलै नागरिकताको प्रमाण्पत्र लिई कार्यालयमा आफैँ उपस्थित भएर नाम दर्ता गराउन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार