• होमपेज
  • बडिमालिका
  • बिभिन्न निणर्य सहित जिल्ला बिपत ब्यबस्थापन समिति बैठक सम्पन्न

बिभिन्न निणर्य सहित जिल्ला बिपत ब्यबस्थापन समिति बैठक सम्पन्न

  • बिहिबार, मंसिर २०, २०८१
बिभिन्न निणर्य सहित जिल्ला बिपत ब्यबस्थापन समिति बैठक सम्पन्न

बाजुरा– जिल्ला विपत ब्यबस्थापन समिति बाजुराको बिभिन्न निणर्य सहित बैठक सम्पन्न भएको छ । बैठकले मनसुन जन्य बिपत र भुकम्प प्रभाबितहरु लगायत बिभिन्न बिषयमा छलफल गरी निणर्य गरेको हो । बैठकले मार्तडी कोल्टी सडकमा बस संचालन, मनसुन जन्य बिपतमा परेका घरपरिवार र भुकम्प प्रभाबितहरुको घर टहरा निर्माण लगायतका बिषयमा छलफल गरि निर्माणका लागि बजेट माग गर्ने निणर्य गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा बसेको बैठकले जिल्लामा बिभिन्न समयमा भएको मनसुन जन्य बिपतको रकम हाल सम्म निकाशा नआएकोले सो रकम माग गर्ने निणर्य गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलले बताए । त्यसै गरि २०७९ माघ र २०८० असोजमा आएको भुकम्पका कारण जोखीममा रहेका परिवारका लागि केन्द्रको निणर्य अनुसार पहिलो किस्तावाफत २५ हजार रुपिया निकाशा गरि सम्बन्धीत पिडीतलाई बुझाएको र बाकीँ रकम नआएकोले सो रकम निकाशाका लागि माग गर्ने निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताए ।
त्यस्तै जिल्लाका बिभिन्न योजनाहरु सडक, बाटो लगायत निर्माण तथा पुन निर्माणका कामहरु दुर्त गतिमा संचालन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरि रोकिएका कामहरुलाई दुर्त गतिमा लैजान पहल गर्ने छलफल गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । मार्तडी कोल्टी बस संचालनका लागि केही दिनबाटै सुरु गर्न पहल गर्ने छलफल समेत गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । त्यसै गरि बैठकले जिल्लाको पुर्विउत्तर कोल्टी क्षेत्रमा नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय प्रशासरणको लाईन बिस्तार तथा जिल्लामा रहेको अन्य लाईनहरुको पुन निर्माण तथा बिस्तार लगायतका बिषयमा छलफल गरिएको थियो ।
जिल्लाको बिपत कोषमा १ करोड २२ लाख बचत रहेको र सो रकमलाई नितिगत ब्यबस्था अनुसार बितरण गर्ने निणर्य समेत गरिएको छ । जिल्ला स्थित राजनैतिक दलका प्रतिनिधीहरुले जिल्लामा हुने बिकाश निर्माणका कार्यहरुको ढिलासुस्ती गर्ने निमाणर् कम्पनी र ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउन आग्रह समेत गरेका छन । मार्तडी कोल्टी, बल्दे आटिचौर सडक र बाउली खोला पुल निर्माण लगायतका बिकास निर्माणमा ढिलासुस्ती भएकोले ति निर्माण कम्पनीलाई तत्काल काम गर्न अनुरोध गर्ने नभए कार्बाही गरी नयाँ तरिकाबाट अगाडी बढाउन सम्बन्धी निकायलाई अनुरोध गर्न राजनितिक दलहरुले आग्रह समेत गरेका छन ।
प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया, बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, त्रिबेणी नगरपालिका उप प्रमुख कमला न्यौपाने, स्वामिकार्तिक खापर गाउपालिका अध्यक्ष भरत रोकाया गौमुल गाउँपालिका उपाअध्यक्ष सिता थापा, जगन्नाथ गाउँपालिकाका प्रबक्ता गणेश गिरी खप्तड छेडेदह गाउँपालिकाका वडाअध्यक्ष लगायत जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
त्यसै गरी नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष लाल बहादुर ओली, नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापती पदम बडुवाल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सडक डिभीजन कार्यालयका प्रतिनिधी, पुर्बाधार कार्यालयका ईन्जिनियर जंग थापा, जिल्ला स्थित सरकारी कार्यालय प्रमुख, गैरसरकारी संस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार