• होमपेज
  • समाज
  • बाजुराको बिच्छयाँमा तीन भाईबहिनी बिचल्लीमा

बाजुराको बिच्छयाँमा तीन भाईबहिनी बिचल्लीमा

  • बिहिबार, मंसिर २०, २०८१
बाजुराको बिच्छयाँमा तीन भाईबहिनी बिचल्लीमा

टेक बहादुर बुढा —बाजुराको अतिदुर्गम हिमाली गाउँपालिका २ बिच्छ्या कोट गाउँमा तीन भाईबहिनी बिचल्लीमा परेका छन् । आमाले दोस्रो बिवाह र बुवाको मृत्यु भएपछि तीन नाबालक भाईबहिनी बिचल्लीमा परेको स्थानिय संगलबिर बुढाले बताएका छन् । .

तीन बालबालिकाका बुवा बिस्न रोकायाको एक बर्ष पहिले उपचार हुन नसकेर मृत्यु भएको र आमा कविता रोकायाले बुवाको मृत्यु पश्चात् अर्को बिहे गरेर गएकि थिइन् । आमाबुवा विहिन भाईबहिनी अहिले सहारा तथा संरक्षण अभावमा गाउँमै अलपत्र अवस्थामा रहेको स्थानीयहरुले बताएका छन् ।

स्थानीयका अनुसार ७ बर्षकी सुस्मिता रोकाया, ५ बर्षकी अरुण रोकाया र ३ बर्षका किस्न रोकाया अलपत्र अवस्थामा छन् । बिचल्लीमा परेका ती भाइबहिनी अहिले जेठी आमा जसकला रोकायाको सहारामा रहेका छन् । जसकलाका पनि चार वटा बच्चा रहेका छन्, उनका श्रीमान पनि अशक्त रहेका कारणले तिनिहरुलाइ पालनपोषण गर्न समस्या भएको छ । जसकलाले भनिन्, आफ्नै बच्चा पाल्न त समस्या छ, थप तिन जना पाल्न निकै समस्या भएको वताईन् ।

आमाबुवा गुमाएका अलपत्र भाइबहिनी उद्धार तथा सहयोगका लागि आफन्तहरुले सबैलाई हारगुहार गरी रहेका छन् । ती नाबालक भाई बहिनीको पालनपोषण तथा शिक्षादिक्षाका लागि सम्बन्धित निकायले दिगो व्यवस्थापनमा सहयोग गर्न आफन्तहरुले अनुरोध गरेका छन् ।

कोट गाउँ बाजुराको सर्वाधिक विकट गाउँ हो । सो ठाउँमा राज्य तथा सम्बन्धित निकायहरुको पहुँच पनि निकै कमजोर रहेको छ । सहाराविहिन बनेका तीन भाईबहिनीहरुलाई एक बर्ष देखि आफ्नै घरमा राखेको र अहिले पालनपोषण गर्न आफूलाई धौ धौ भएको जेठीआमा जसकला रोकायाले बताइन् । उनीहरुको पालनपोषण तथा शिक्षादिक्षाका लागि सबै ठाउँबाट सहयोग तथा उद्धार गरिदिन उनले सबैलाई आग्रह गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार