• होमपेज
  • बुढीगंगा
  • दुर्गम गाउँमा बेसहाराका सहारा बनेका समाजसेवी पारस

दुर्गम गाउँमा बेसहाराका सहारा बनेका समाजसेवी पारस

  • बिहिबार, मंसिर २०, २०८१
दुर्गम गाउँमा बेसहाराका सहारा बनेका समाजसेवी पारस

बाजुरा —दुगर्म जिल्ला बाजुराको बुढीगंगा नगरपालिका १० को एक सामान्य परिवारमा जन्मेका हुन् पारस रावल । बाजुराको दुर्गम गाउँमा बसेर सहाराविहिनका सहारा बनेका पारस समाजको सेवामा लागेका एक समर्पित युवाको रूपमा चिर परिचित छन् ।

बाल्यकाल देखि समाजसेवामा रुचि राख्ने पारस जिल्लामा लामो समयदेखि समाजसेवा सक्रिय छन् । पारस गाउँका दिन दुःखी, अशक्त र बेसहारा सबैका सहारा बनिरहेका छन् । उनी समाजका दिन दुःखी, असहाय, अशक्त र आपत विपत्मा परेका बेला सबैलाई सहयोग गर्न तत्पर भइरहन्छन् ।

सामाजिक काम गाउँघरमा सानै हुँदादेखि गर्ने, गाउँमा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने, घर वरपर समाजमा हुने सहयोग, पूजा, बिहे मर्दापर्दा जस्ता सामाजिक कार्यमा सघाउने काम पारसले सानै उमेरबाट सिकेका हुन् । सानैदेखि समाजसेवामा रुचि राख्ने रावल अहिले पनि बालबालिका देखि बृद्धसम्मका सारथि छन् । समाजमा कोहि बिरामी पर्दा होस् या कसैलाई आर्थिक अभाव हुँदा होस्, पारस सधैं सहयोग गर्न अघि सर्छन ।

पारसले यस बर्षको दशैँ तिहारमा पनि आमाबुवा गुमाएका अनाथ बालबालिकाका लागि खर्च जोह गर्न आर्थिक सहयोग संकलन अभियान चलाएका थिए । सो अभियान मार्फत बाजुरामा रहेको कन्सन बाजुरा संस्थाका अनाथ बालबालिकाहरुका लागि संकलन गरेको १० हजार रुपैयाँ संस्थालाई हस्तान्तरण गरेको बताए । त्यस्तै गाउँमा विभिन्न दिर्घ रोगबाट पिडित भएर आर्थिक अभावले छट्पटिएकाहरुका लागि पनि अभियान चलाउँदै आएका छन् ।

रावल गाउँका विभिन्न विद्यालयमा अध्ययनरत विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री सहित आर्थिक समेत सहयोग गरिरहेका छन् ।
पछिल्लो समय सामाजिक कार्य तथा समाजसेवामा सक्रिय पारसले अहिलेका युवा पिढीहरुलाई समेत समाजसेवामा लाग्न प्रेरित गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार