बिहिबार, मंसिर २७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका बिपत पदाधिककारीलाई १ दिने अभिमुखीकरण

बडिमालिका नगरपालिकाका बिपत पदाधिककारीलाई १ दिने अभिमुखीकरण

  • बिहिबार, मंसिर २०, २०८१
बडिमालिका नगरपालिकाका बिपत पदाधिककारीलाई १ दिने अभिमुखीकरण

 बाजुरा– बिपतलाई बिकाशमा कसरी जोड्ने भन्ने बिषयमा बडिमालिका नगरपालिकाका बिपत पदाधिकारीलाई १ दिने अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । बडिमालिका नगरपालिकाको समन्वयमा यूएसआईडीको आर्थिक सहयोग लुथरन वल्र्ड रिलिफको प्राबिधीक सहयोग तथा सामुदायिक बिकाश केन्द्र डोटीद्धारा संचालित उत्थानशिल परियोजनाको आयोजनामा सो तालिमको आयोजना गरिएको हो ।
बडिमालिका नगरपालिकाको हलमा संचालन भएको स्थानिय विपत ब्यवस्थापनका समितिका पदाधिकारीहरुका लागि बिपत जोखिम न्युनिकरण ब्यवस्थापन मुल प्रबाहकरणी कसरी गर्ने र भन्ने बिषयमा जानकारी सहित सो तालिमको आयोजना गरिएको सामुदायीक बिकास केन्द्र डोटीका बिपत जाेखिम न्युनिकरण अधिकृत सुरेश नाथले बताए । बिपतमा स्थानिय तहको भुमिका स्थानिय तहले गर्न सक्ने अधिकार र कर्तब्य लगायतका बिषयमा जानकारी गराउनुका साथै बिद्धमान कानुन र स्थानिय तहको अधिकारका बिषयमा सहजकर्ता खेमराज भट्टराईले सहजीकरण गरेका थिए ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख तथा पालिका स्तरिय बिपत ब्यबस्थापन समितिक अध्यक्ष अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका नगरपालिका बिपत ब्यबस्थापन समितिका पदाधिकारी तथा नगर उपप्रमुख नन्दा कुमारी थापा, सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, नेकपा एमाले जिल्ला कमिटि सदस्य जंग बिक, नेपाली काँग्रेसका नगर सभापती गोपाल कार्की, नगर प्रबक्ता धर्मराज पाध्याय लगायत नौ ओटै वडाका वडाअध्यक्ष सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु र पत्रकारको सहभागीता रहेको थियो । सो कार्यक्रमको संचालन बडिमालिका नगरपालिका बिपत फोकल पसर्न राम बहादुर खत्रीले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार