• होमपेज
  • समाज
  • गौमुलमा सामाजिक विभेद सम्बन्धी धामीझाँक्रीलाई प्रशिक्षण

गौमुलमा सामाजिक विभेद सम्बन्धी धामीझाँक्रीलाई प्रशिक्षण

  • बुधबार, मंसिर १९, २०८१
गौमुलमा सामाजिक विभेद सम्बन्धी धामीझाँक्रीलाई प्रशिक्षण

बाजुरा– गौमुल गाउँपालिकामा धामीझाँक्री तथा महिलाका लागि लैङ्गिक हिंसा र महिनावारी व्यवस्थापन सम्बन्धी २ दिने अभिमुखीकरण गोष्ठी आजबाट सुरु भएको छ । गाउँपालिकाको केन्द्र घट्मुनामा आज एक औपचारिक कार्यक्रमका बीच अभिमुखीकरण गाेष्ठीकाे आयाेजना गरिएकाे हाे ।

समाजमा केही मात्रामा रहेको जातीय भेदभाव, छुवाछ्त, छाउपडी प्रथा, महिनावारीलाई न्युनिकरण गर्ने उदेस्यका साथ साे  कार्यक्रम सञ्चालन गरिएको गाैमुल गाउँपालिका उपाअध्यक्ष सिता थापाले बताएकी छन । २ दिनसम्म सञ्चालन हुने कार्यक्रममा ६ वटै वडाबाट धामीझाँक्री, महिला अधिकार मञ्चका पदाधिकारी तथा सदस्य लगायतको सहभागीता रहेको  उपाअध्यक्ष थापाले बताएकी छन ।

कार्यक्रममा धामीझाँक्री र महिला समूहलाई प्रशिक्षणको रुपमा  काँशी विक र प्रशासन सहायक गगन धामी लगायतले गरिरहेका छन् । उपाध्यक्ष सीता थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको सहभागीता रहेको थियो । प्रशिक्षणबाट धामीझाँक्री तथा महिला समूहले समाजलाई सकारात्मक बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गाउँपालिकाले लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार