बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • खेलकुद
  • बुढीगंगामा मंसिर २८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने

बुढीगंगामा मंसिर २८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने

  • बुधबार, मंसिर १९, २०८१
सेयर गर्नुहोस् :
बुढीगंगामा मंसिर २८ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने
फाइल तस्विर

बाजुरा —बुढीगंगा नगरपालिकामा पाचाै पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहिँ मंसिर २८ गतेदेखि सञ्चालन हुने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै पालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता मंसिर २८ देखि ३० गतेसम्म सञ्चालन हुने जनाएको हो ।

नगरपालिकाका अनुसार  पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता वडा नम्बर ३ मा रहेको पशुपति माध्यमिक विद्यालयमा हुने भएको छ । त्यस्तै नगरपालिकाले रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० संशोधन सहित अनुसूची १ बमोजिमको सहभागी फारम भरेर मंसिर २७ गतेसम्म पशुपति माविमा पेश गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले रनिङ शिल्ड प्रतियोगितामा भलिवल,कवड्डी एथ्लेटिक्स र खेलाडी उपलब्ध भएमा मार्सल आर्ट तर्फका विधामा प्रतिस्पर्धा गराइने जनाएको छ ।

त्यस्तै सूचनामार्फत प्रतियोगितामा सञ्चालन हुने खेलका नियम समेत सार्वजनिक गरेको छ ।
हेर्नुहोस् सूचना ।

May be an image of ticket stub and textMay be an image of text

चर्चामा

सम्बन्धित समाचार