• होमपेज
  • राजनीति
  • उपनिर्वाचनले बाजुरामा चुनावप्रतिको गलत भाष्य अन्त्य भयाे : एमाले बाजुरा

उपनिर्वाचनले बाजुरामा चुनावप्रतिको गलत भाष्य अन्त्य भयाे : एमाले बाजुरा

  • मङ्लबार, मंसिर १८, २०८१
उपनिर्वाचनले बाजुरामा चुनावप्रतिको गलत भाष्य अन्त्य भयाे : एमाले बाजुरा

बाजुरा– नेकपा एमाले जिल्ला कमिटी बाजुराले भर्खरै सम्पन्न स्थानीय तह उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको बताएको छ । मंगलवार प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकामा भएको उपनिर्वाचनले जिल्लामा चुनावप्रतिको नकरात्मक भाष्यको अन्त्य गरेर निश्पक्षताको सन्देश दिएको बताएको हो ।
कार्यक्रममा पार्टीले जिल्लामा विगतका विभिन्न निर्वाचनमा भएका व्यवस्थापकिय कमजोरी, प्रशासनिक बन्दोवस्तीको कमी र सरोकारवालाहरु बिचको समन्वयको कमिले भएका घटनाहरुले जिल्ला स्थित राजनीतिक दल र नेताहरुप्रति गलत भाष्य सिर्जना हुन पुगेको जनाएको छ । बाजुरामा चुनाव भन्ने वित्तिकै जनतामा भय र सरकारी निकायमा चिन्ता जाहेर भइरहेको अवस्थामा अहिलेको उपनिर्वाचनले यस्तो अवस्था अन्त्य गर्न सफल भएको दाबि गरेको छ ।
पत्रकार सम्मेलनमा एमाले जिल्ला कमिटि सचिव काशी बहादुर विकले प्रेस वक्तव्य सार्वजनिक गर्दै उपनिर्वाचनमा राजनीतिक दलहरुको प्रतिवद्धता, प्रशासनको उचित बन्दोबस्ती र मतदाताको धैर्यताले निश्पक्षताको सन्देश दिन सफल भएको जनाएको छ ।
त्यस्तै एमाले जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले उपनिर्वाचनले जिल्लामा हुने आगामी निर्वाचन जनअपेक्षा अनुसार भयरहित बनाउन सम्भव रहेको र निर्वाचनमा अशान्ति र दुःखदायी घटना हुन नदिन राजनीतिक समझदारी कायम हुने पाठ सिकाएको बताएका छन् । त्यस्तै पत्रकारहरुले राखेका प्रश्नको जवाफ दिदैँ अध्यक्ष ओलीले स्थानीय आवश्यकता अनुरुप उपनिर्वाचनमा एमाले उम्मेद्धारलाई माओवादीले सहयोग गरेको भन्दै यसले कम्नियुष्टहरुविच एकताको सन्देश दिएको दाबि गरेका छन् । चुनावमा पैसाको चलखेल पनि भएको हो भन्ने पत्रकारको प्रश्नको जवाफ दिदै अध्यक्ष ओलीले यसमा एमाले सामेल नभएको र यदि कोहि कतै सहभागी भएर यस्तो कार्य गरेको पाइएमा कारवाही गरिने बताए ।
त्यसै गरी पार्टीले पत्रकार सम्मेलन मार्फत स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित एमाले उम्मेद्धार सुलोचना भण्डारी बुढालाई बधाई दिदैँ पराजित भएका कांग्रेस उम्मेद्धार पुलतीरास शाही र एकिकृत समाजवादी पार्टीका उम्मेद्धार जवा शाहीलाई सहानुभूति प्रकट गरेको छ । त्यस्तै पार्टीले महान चुनौतिपूणर् अवस्थामा राजनीतिक निणर्यका साथ सहकार्य गरेको भन्दै नेकपा माओवादी केन्द्र स्वामिकार्तिक खापर गाउँ कमिटीलाई उच्च सम्मान व्यक्त गरेको जनाएको छ ।
प्रेस चौतारी नेपाल बाजुरा शाखा सचिव रमित विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले बाजुरा अध्यक्ष लाल बहादुर ओली रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा पार्टी जिल्ला कमिटी उपाध्यक्ष जनक बोहरा, सचिव काशी विक, संगठन विभाग प्रमुख अमर खड्का, जिल्ला कमिटी सदस्य देवु खाती लगायत जिल्ला स्थित संचार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार