• होमपेज
  • बडिमालिका
  • सामाजिक उत्तरदायित्व समन्वय बैठक सम्पन्न

सामाजिक उत्तरदायित्व समन्वय बैठक सम्पन्न

  • मङ्लबार, मंसिर १८, २०८१
सामाजिक उत्तरदायित्व समन्वय बैठक सम्पन्न

बाजुरा– बैकं तथा बित्तिय सस्थाहरुको सामाजिक उत्तरदायित्व संग सम्बन्धी समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा बैकं तथा बित्तिय सस्थाहरुको सामाजिक उत्तरदायित्व समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला समन्वय समिति बाजुराले जिल्लामा रहेका बैँक तथा बित्तीय संस्थाले जिल्लामा रहेको सुरक्षित आवस गृह (सेभ हाउस) लाई सहयोग गर्न अनुरोध गरेको छ । बाजुरा जिल्लामा संचालित सुरक्षित आवास गृह ‘सेफ हाउस’ नै समस्यामा  रहेकाेले गृहलाइ सबैले मिलेर सहयाेग गर्न अनुराेध गरिएकाे समन्वय प्रमुख तुलसीराम राेकायाले बताएका हुन । सुरक्षित आवास गृह व्यवस्थापनका लागि आर्थिक अभाव भएपछि ‘सेफ हाउस’ संचालन गर्न समस्या भएको  छ घरेलु, हिंसा, महिला हिंसा, बलात्कार जबरजस्ती करणी लगायतका विभिन्न हिंसामा परेका महिलालाई मनोसामाजिक परामर्श सहित सुरक्षित रुपमा बस्नका लागि बनाइएको सुरक्षित आवास गृह ‘सेफ हाउस’ आर्थिक अभावका कारण समस्या परेकाेले सामाजिक उत्तरदायित्व अन्तरग सेभ हाउसलाई सहयोग गर्न अनुरोध गरेको समन्वय प्रमुख राेकायाले बताए ।

तत्कालिन जिल्ला विकास समिति बाजुरामा महिला तथा बालबालिकाको क्षेत्रमा आउने १२ प्रतिशत बजेटको सहयोगले जिल्ला विकास समितिकै जग्गामा भवन निर्माण गरी सेफ हाउस २०७३ साल भदौ १६ गतेबाट विधिवत रुपमा संचालित छ । संचालनपछि विभिन्न महिला तथा बालिबाकिाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा संचालनमा सहयोग भएपनि अहिले सो संस्थाको व्यवस्थापनका लागि आर्थिक अभाव भएकाले सेफ हाउस संचालन गर्न समस्या परेको हो ।

जिल्ला समन्वय समिति बाजुराको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा बैकं तथा बित्तीय संस्थाहरुसंग भएको छलफलमा सुरक्षित आवास ( सेभ हाउस) समस्यमा पर्ने भएकोले सबैले मिलेर सहयोग गर्न अनुरोध गरिएको समन्वय प्रमुख तुलसीराम रोकायाले बताए । समन्वय बैठकमा उपस्थित बैक तथा बित्तिय सस्थाहरुले सकेको सहयोग गर्ने प्रतिबद्धता समेत भएको जिल्ला समन्वय समिति बाजुराका कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले बताएका छन । छलफलमा बैकं तथा बित्तिय संस्थाहरुको सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमहरु के कसरी चलिरहेका छन भन्ने उदेस्यका साथ सो बैठकको आयोजना गरिएको कार्यालय प्रमुख पाण्डेले बताए । जिल्लामा सुरक्षित आवास गृह ‘सेफ हाउस’ सचालन तथा व्यवस्थापनका लागि छुट्टै किसिमको कोष कतैबाट नआउने र देश संघियतामा गइसकेपछि स्थानिय तहहरुका आ–आफ्ना छुट्टै कार्यक्रम हुने भएकाले भनेको बेला सहयोग नगर्दा सो गृह संचालन तथा व्यवस्थापनमा सकस भएको पाण्डेले बताए।

बैठकले सेभ हाउस संचालनमा सहयोग संगै बैक तथा बित्तिय संस्थाहरुको सामाजिक उत्तरदायित्व कार्यक्रमहरु एकिकृत गरी ब्यबस्थापन गर्ने र कार्यन्वयमा लैजाने उदेस्यका साथ संचालन भएको बैठक उपलब्धीमुलक बनेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए । सुरक्षित आवास गृहमा जिल्लाभरीका महिलाहरुले सेवा लिइरहेका हुन्छन् त्यसका लागि सबै स्थानिय तहहरुले सहयोग गर्नुपर्छ भनेर जिल्ला समन्वय समिति मार्फत पत्राचार गरी गत आर्थिक वर्ष २०७९÷०८० मा प्रत्येक पालिकाले १ लाख ५० हजार र ०८०÷०८१ मा ५÷५ लाख सहयोग गर्ने भनिएपनि बडीमालिका नगरपालिकाले ७ लाख ५४ हजार ५ सय ६ रुपैँया फिर्ता लिने गरी, खप्तड छेडेदह गाउँपालिकाले १ लाख ५० हजार र त्रिवेणी नगरपालिका र गौमुल गाउँपालिकाले १÷१ लाख सहयोग गरेको भएपनि अन्य पालिकाले हालसम्म सहयोग नगरेको पाइएको छ ।

जिल्ला समन्वय समिति बाजुराको आयोजनमा भएको बैक तथा बित्तिय सस्थाहरुको सामाजिक उत्तरदायित्व कार्यक्रमहरुको बारेमा जानकारी तथा यसपछि संचालन हुने कार्यक्रमहरु बारेमा जिल्ला स्थित सबै बैक तथा बित्तीय संस्थाहरुले जानकारी गराएका थिए । बैक तथा बित्तय संस्थाका प्रमुखहरुले आबस्यकताका आधारमा समस्या पहिचान गरी अगाडी बढ्ने प्रतिबद्धता समेत जनाएका छन ।
जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाको अध्यक्षतामा संचालन भएको बैठकमा बडिमालिका नगरपालिका उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप गिरी अतिथी रहेका थिए । बैठकमा उध्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब बहादुर रोकाया, जिल्ला स्थित सबै बैंकका प्रमुख तथा प्रतिनिधी, बिमा कम्पनी तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनीहरु समेत सहभागी रहेका थिए । कार्यक्रमकाे संचालन जिल्ला समन्वय समिति बाजुराका कार्यालय प्रमुख दिपेन्द्र पाण्डेले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार