शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • उपनिर्वाचन समिक्षा: बाजुराकाे स्वामिकार्तिकमा ४८ प्रतिशतले कसैलाई पनि मतदान गरेनन्

उपनिर्वाचन समिक्षा: बाजुराकाे स्वामिकार्तिकमा ४८ प्रतिशतले कसैलाई पनि मतदान गरेनन्

  • मङ्लबार, मंसिर १८, २०८१
उपनिर्वाचन समिक्षा:  बाजुराकाे स्वामिकार्तिकमा ४८ प्रतिशतले कसैलाई पनि मतदान गरेनन्

बाजुरा– सुदूरपश्चिममा भएको उपनिर्वाचनमा ७ हजार ५२५ मतदाताले कसैलाई भोट दिएका छैनन्। सुदूरपश्चिममा उपनिर्वाचन भएका पालिकाहरुमा कुल १७ हजार ३१३ मतदाता छन्। तर ९ हजार ७८८ मतदाताले मात्र निर्वाचनमा सहभागि भएर मतदान गरेका छन्। एक गाउँपालिका उपाध्यक्ष र चार वडा अध्यक्षका लागि भएको निर्वाचनमा ठूलो संख्यामा मतदाताले कुनै पनि उम्मेदवारलाई भोट दिएका छैनन्।

प्रदेश निर्वाचन कार्यालयका अनुसार बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उपाध्यक्ष लागि ७ हजार ४६० मतदातामध्ये ३ हजार ९०३ मतदाताले मात्र मतदान गरेका छन्। बाँकी मतदाताले कुनै पनि उम्मेदवारलाई भोट दिएका छैनन्।  कुल मतदातामध्ये सबैभन्दा धेरै बझाङमा र सबैभन्दा कम बाजुरामा मत खसेको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४३४ मतदातामध्ये २ हजार ९९२, दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एक हजार २७२ मध्ये ८ सय ७७, डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एक हजार ५९३ मध्ये ८३९ र बझाङको सुर्मा गाउँपालिका–४ मा एक हजार ५५४ मध्ये एक हजार १७८ जनाले मात्र मतदान गरेका छन्।
उपनिर्वाचनमा कसैलाई पनि भोट नदिनेको संख्या उच्च देखिएको छ। बाजुरामा ४८ प्रतिशतले कसैलाई पनि मतदान गरेका छैनन्। बझाङमा पनि २४ प्रतिशत मतदाताले कसैलाई पनि मतदान गरेका छैनन्। डोटीमा ४७, दार्चुलामा ३१ र कञ्चनपुरमा ४५ प्रतिशतले मतदाताले कसैलाई पनि भोट हालेका छैनन्। सुदूरपश्चिममा एक उपाध्यक्ष र चार वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा भोट नदिनेको संख्या उच्च देखिएको हो।

चर्चामा

सम्बन्धित समाचार