• होमपेज
  • उप निर्वाचन बिषेश
  • सुदुरपश्चिममा उपनिर्बाचन ५७ प्रतिशत मत खस्यो मतदान शान्तिपूर्ण सम्पन्न

सुदुरपश्चिममा उपनिर्बाचन ५७ प्रतिशत मत खस्यो मतदान शान्तिपूर्ण सम्पन्न

  • आइतवार, मंसिर १६, २०८१
सुदुरपश्चिममा उपनिर्बाचन ५७ प्रतिशत मत खस्यो मतदान शान्तिपूर्ण सम्पन्न

सुदुरपश्चिम प्रदेशमा एक उपाध्यक्ष र चार वडा अध्यक्षका लागि भएको उपनिर्बाचनमा ५७ प्रतिशत मत खसेको छ । मतदान शान्तिपूर्ण तरिकाले सम्मपन्न भएको छ । बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ५२ दशमलव ३१ प्रतिशत मत खसेको छ । जिल्ला निर्बाचन कार्यालयका अनुसार ७ हजार ४ सय ६० मतदाता रहेकामा २ हजार महिला १ हजार ९ सय ३ पुरुष गरी जम्मा ३ हजार ९ सय ३ मत खसेको मुख्य निर्बाचन अधिकृत्त संजीक पोखरेलले जानकारी दिए ।
उपाध्यक्ष चयनका लागि स्वामीकार्तिक खापर गाउपालिकाका ५ वडाहरुमा ५ मतदान स्थल तोकीएका छन भने ९ वटा मतदान केन्द्र तोकिएका थिए । नेकपा एमाले नेपाली काँग्रेश र एकिकृत्त समाजबादी पार्टी बि प्रतिस्प्रदा रहेको छ । नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेपाली काँग्रेशबाट पुल्तिसरा शाही, एकिकृत्त समाजबादीबाट जवा शाही उम्मेद्धार छन् । नेकपा माओबाढी केन्द्रबाट उम्मेद्धारी दर्ता गराएकी राजुकुमारी विकले नेकपा एमालेका उम्मेद्धार सुलोचना बुढालाई सहयोग गर्ने गरि उम्मेद्धारी फिर्ता लिएको छ ।
डोटी जिल्लाको पुर्बिचौकी गाउपालिका ६ को वडा अध्यक्ष चयनका लागि भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन भएको छ । पूर्वीचौकी ६ मा वडा अध्यक्षका लागि भएको निर्बाचनमा ५२ दशमलव ७ प्रतिशत मत खसेको छ ।
शिशु सुधार मावि क मतदान केन्द्रमा ३ सय ७७, ख मतदान केन्द्रमा ३ सय ६१ मत खसेका छन । त्यस्तै सारदा आबि बास्कोटमा १ सय १ गरि जम्मा ८ सय ३९ मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्ष्मीराज उपाध्यायले बताएका छन् । १ हजार ५ सय ९३ मतदाता रहेका छन । डोटीको पुर्वीचौकी गाउँपालिका–६ मा एमालेबाट देवबहादुर थापा, काङ्ग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का उम्मेदवार छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि ५ हजार ४ सय ३४ मतदाता मध्ये २ हजार ९ सय ९२ मत खसेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा एमालेबाट बहादुर चन्द, नेपाली काँग्रेशबाट प्रकाश चन्द, माओवादी केन्द्रबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, रहेका छन् त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट हरिस डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक चुनावी प्रतिष्प्रदामा छन् ।
दार्चुलाको दुहु गाउँपालिका–५ मा १ हजार २ सय ७२ मत मध्ये ८ सय ७७ मत खसेका छन् । दार्चुलाको दुहुँ गाउँपालिका–५ मा एमालेबाट मानसिंह बडाल, काङ्ग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन् ।
बझाङको सुर्मा गाउँपालिका–४ मा १ हजार ५५४ मध्ये १ हजार १ सय ७८ जनाले मतदान गरेको छन् । बझाङको सुर्मा गाउँपालिका–४ मा एमालेबाट लखीचन्द्र बोहरा, काङ्ग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा गरी तीन जना चुनावी प्रतिष्प्रधामा छन् ।

चर्चामा

सम्बन्धित समाचार