• होमपेज
  • उप निर्वाचन बिषेश
  • बाजुराको उपचुनाव शान्तिपूर्ण बनाउन सर्वदलीय आह्वान

बाजुराको उपचुनाव शान्तिपूर्ण बनाउन सर्वदलीय आह्वान

  • शनिबार, मंसिर १५, २०८१
बाजुराको उपचुनाव शान्तिपूर्ण बनाउन सर्वदलीय आह्वान

बाजुरा– भोलि हुने उपचुनावलाई शान्तिपूर्ण बनाउन बाजुराका राजनीतिक दलहरूले संयुक्त आह्वान गरेका छन् । सबै दलका उच्च तहका नेताहरुले तीन बुँदे विज्ञप्ति जारी गर्दै उपचुनावलाई शान्तिपूर्ण बनाउन अपिल गरेका हुन् । ‘… स्वामीकात्तिक खापर गाउँपालिकामा हुन गइरहेको उपनिर्वाचनमा सबै मतदाने केन्द्रमा गरिने मतदान शान्तिपूर्ण तारिकाले सम्पन्न गर्ने । उक्त निर्वाचनमा भाग लिइ यस गाउँपालिका सबै मतदाताहरूलाई मतदान गर्ने अधिकारको प्रयोग गर्न अनुरोध गर्ने’, विज्ञप्तिको पहिलो बुँदामा भनिएको छ ।

दोस्रो बुँदामा मतदान प्रक्रियामा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई दलहरुका तर्फबाट सहयोग गर्ने र तेस्रो बुँदामा दलहरूबीच नियमित छलफल गरी उच्च राजनीतिक संस्कृति निर्माणको प्रयास गर्ने सहमति उल्लेख गरिएको छ । ‘यो उपचुनावलाई बाजुरामा शान्तिपूर्ण बनाउँदैछौं, यसअघि जेजस्ता घटना भएपनि हामी यसपटक नयाँ सन्देश दिदैछौंं’ एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले भने ।

विज्ञप्ति जारी गर्नेमा एमाले स्थायी कमिटी सदस्य थापा, एमालेकै केन्द्रीय सदस्य लालबहादुर थापा, नेपाली कांग्रेसका नेता जनकराज गिरी, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्यहरू हिक्मतबहादुर शाही र नरेशबहादुर शाही लगायत छन् ।

चर्चामा

सम्बन्धित समाचार