मङ्लबार, मंसिर ११, २०८१
  • होमपेज
  • उप निर्वाचन बिषेश
  • स्वामीकार्तिकमा उपनिर्वाचन अवधिभर मदिरा विक्री वितरणमा राेक

स्वामीकार्तिकमा उपनिर्वाचन अवधिभर मदिरा विक्री वितरणमा राेक

  • मङ्लबार, मंसिर ११, २०८१
स्वामीकार्तिकमा उपनिर्वाचन अवधिभर मदिरा विक्री वितरणमा  राेक

बाजुरा– स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर मसिंर १० गते देखी गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निश्पक्ष एंव भयरहित बातावरणमा सम्पन्न गर्नका लागि आजबाट लागु हुने गरि पालिकाभित्र मदिरा विक्री वितरणमा पूर्णरुपमा रोक लगाएको हो ।

गाउँपालिकाले सम्पूर्ण वडाभित्र निर्वाचनको अन्तिम मतपरिणाम घोषणा नहुन्जेलसम्मका लागि नसाजन्य पदार्थ उत्पादन, ओसारपसार बेचविखन तथा सेवन गर्न पूर्ण रुपमा निषेध गर्न गाउँपालिकाबासीलाई सूचना मार्फत सचेत गराएको हो ।

निर्वाचन अवधिभर गाउँपालिकाले गरेको सूचना अनुसार मदिरा सेवन, विक्रि वितरण, ओसारपसार लगायतका कार्यहरु गरेमा कानुन अनुसार कारवाही बताएको छ । गाउँपालिकाको उपाध्यक्ष पदका लागि यहि मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार