शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • आगलागीबाट क्षती भएका परिवारलाइ नगरपालिकाद्धारा राहत बितरण

आगलागीबाट क्षती भएका परिवारलाइ नगरपालिकाद्धारा राहत बितरण

  • मङ्लबार, मंसिर ११, २०८१
आगलागीबाट क्षती भएका परिवारलाइ नगरपालिकाद्धारा  राहत बितरण

बाजुरा– जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा आइतबार तीन वटा घरमा आगलागी हुँदा जलेर नष्ट भएका छन्,भने लाखौंको क्षती भएको छ । सोही नगरपालिका–४ ताडीका स्थानीय गुलाव बोहरा,भीमलाल बोहरा र हिरामणी बोहराको घरमा आगलागि हुँदा ४५ लाख ५० हजार रुपैया बराबरको धनमालको क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
आगलागीबाट तीन वटै घर पुरै जलेर नष्ट भएका छन् । घर जलेर नष्ट भएपछि उनीहरुको आफन्तकोमा बस्दै आएका छन् । तीनै जनाको घर संगै जोडिएकाले आगलागिबाट बढी क्षती भएको हो । आगलागिबाट घरमा रहेका लत्ताकपडा, अन्नपात, भाँडावर्तन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकबहादुर बोहराले जानकारी दिएका छन् ।

क्षेती भएका परिवारलाइ बुढिनन्दा नगरपालिकाले प्रतिपरिवार  ३० हजारका दरले राहत समेत दिएकाे बुढिनन्दा नगरपालिकाका बिपत फाेकल पर्सन धर्मराज पाध्यायले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार