शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • समाज
  • बिच्छ्यामा रुखले च्यापिएर घाइते दुवै जनाको हेलिकप्टरमार्फत उद्धार

बिच्छ्यामा रुखले च्यापिएर घाइते दुवै जनाको हेलिकप्टरमार्फत उद्धार

  • सोमवार, मंसिर १०, २०८१
बिच्छ्यामा रुखले च्यापिएर घाइते दुवै जनाको हेलिकप्टरमार्फत उद्धार
फाइल तस्विर

बाजुरा — बाजुराको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर घाइते भएकाहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । युनामा रहेको कादुरी जलविद्युत आयोजनाको लाइन तान्नका लागि सल्लाको रुख काट्ने क्रममा गम्भिर घाइते भएका सोहि ठाउँका अन्दाजी ४८ बर्षका सिदुपुरी रोकाया र अन्दाजी ३० बर्षका पर्मलाल सुनारलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार कादुरी संस्थाले पैसा तिर्ने गरी नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरुको उद्धार गरिएको छ । उनका अनुसार उनीहरुको उद्धारका लागि हिजो नै हेलिकप्टरको पहल भएपनि साँझ परी सकेकाले रोकिएको थियो ।

घाइते दुवै जनाको हिजो राति स्वास्थ्यकर्मीको टोलिले घरमै उपचार गरेको र अहिले थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सोहि घटनामा घटनास्थलमै ज्यान गुमाएका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको शव पोष्टमार्टमका लागि कोल्टी अस्पतालमा ल्याउने तयारी भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार