• होमपेज
  • बुढीगंगा
  • बाजुराका ३ सय बढी विद्यार्थीलाई न्यानो लुगा सहित शैक्षिक सामग्री वितरण

बाजुराका ३ सय बढी विद्यार्थीलाई न्यानो लुगा सहित शैक्षिक सामग्री वितरण

  • शुक्रबार, मंसिर ७, २०८१
बाजुराका ३ सय बढी विद्यार्थीलाई न्यानो लुगा सहित शैक्षिक सामग्री वितरण

बाजुरा—बाजुरा जिल्लामा विपन्न, असाहय तथा दलित ३ सय बढी विद्यार्थीलाई न्यानो लुगा सहित शैक्षिक सामग्री वितरण गरिएको छ । बुढिगंगा नगरपालिकामा रहेका दुधिर आधारभुक्त विद्यालय, भगवती माबि र सान्निकोट आधारभूत विद्यालयमा सहयोग गरिएको हो ।

बडीमालिका फाउण्डेशन नेपालको समन्वय, सहकार्य र नेपाल राईजिङको सहयोगमा विद्यार्थीहरुलाई न्यानो लुगा, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको बडीमालिका फाउण्डेशनका अध्यक्ष प्रकाश बहादुर सिंहले बताएका छन् । सहयोग सामाग्री विद्यालयको सहकार्यमा सहयोग हस्तान्तरण गरिएको हो ।

दुधिर आधारभुक्त विद्यालयका १ सय ७, भगवतीमा माबिका १ सय ६७ र सान्निकोट आधारभुक्त विद्यालयका ६१ जनालाई सहयोग गरिएको छ । आर्थिक अबस्था कमजोर भएका तथा स्कुल ड्रेस तथा स्टेशनरी किन्न नसक्ने विद्यार्थीलाई सहयोग गरिएको हो । विपन्न तथा दलित बालबालिकाहरुलाई प्रतिब्यक्ती एक जोडी लुगा, एउटा विद्यालय झोला, कापी कलम, पेन्सील म्याथमेटिक्स बक्स लगायतका साम्रगी बितरण गरिएको हो ।

No description available.

भगवती माविका प्रअ सुरेन्द्र केसीले भने विद्यालयमा अध्ययनरत न्युन आय स्रोत भएका तथा विपन्न र असाहयहरुलाई लुगा सहित शैक्षिक सामग्री सहयोगले पठनपाठनमा ठुलो सहयोग हुने बताएका छन् । केही विद्यार्थी स्टेसनरी नबोकेर विद्यालय आउने गरेका थिए, अझ चिसोमा लुगा नहुदा समस्या हुने गरेको थियो, यसले ठुलो सहयोग भएको उनले बताए ।

सान्निकोट आधारभूत विद्यालयका प्रअ प्रकाश नाथले सरकारी विद्यालयमा अध्ययनरत अधिकांश विपन्न तथा दलित हुने गरका छन् । यसले ठुलो सहयोग भएको बताएका छन् । नेपाल राईजिङसंगको सहयोग तथा बडिमालिका फाउण्डेशन नेपालको समन्वय सहकार्यमा लामो समय देखि बाजुरामा सहयोग गर्दै आएका छन् । विद्यालय लगातय विभिन्न ठाउँमा भुकम्पबाट प्रभावित र विपन्नहरुलाई सहयोग गर्दै आएको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार