• होमपेज
  • उप निर्वाचन बिषेश
  • स्वामीकार्तिक उपचुनाव: उम्मेदवारी फेर्ता लिएकोमा माओवादीको आपत्ति

स्वामीकार्तिक उपचुनाव: उम्मेदवारी फेर्ता लिएकोमा माओवादीको आपत्ति

  • बिहिबार, मंसिर ६, २०८१
स्वामीकार्तिक उपचुनाव: उम्मेदवारी फेर्ता लिएकोमा माओवादीको आपत्ति

बाजुरा– नेकपा माओवादी केन्दबाट बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले उम्मेदवारी फेर्ता लिएपछि पार्टीले आपत्ति जनाएको छ । नेकपा माओवादी केन्द्र बाजुराले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वामीकार्तिक खापर गाउँपालिकामा राजु कुमारी विकले दर्ता गराएको उपाध्यक्ष पदको उम्मेदवारी फेर्ता पार्टीको निति निर्देशन विपरित भएको जनाएको हो ।

गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा माओवादी केन्द्रका तर्फबाट राजुकुमारी विकलाई उपाध्यक्षका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराएको थियो । राजु कुमारी विकले हिजो मात्र पार्टीलाई कुनै जानकारी नगराई उम्मेदवारी फिर्ता लिएको प्रति गम्भिर ध्यानाकर्षण भएको छ नेकपा माओवादी केन्द्र बाजुराका जिल्ला संयोजक देविचन्द्र बुढाद्वारा हस्ताक्षरित जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार