• होमपेज
  • उप निर्वाचन बिषेश
  • स्वामिकार्तिकामा नेकपा माओबादीले एमालेलाई सर्मथन गर्दै उम्मेद्धारी फेर्ता

स्वामिकार्तिकामा नेकपा माओबादीले एमालेलाई सर्मथन गर्दै उम्मेद्धारी फेर्ता

  • बुधबार, मंसिर ५, २०८१
स्वामिकार्तिकामा नेकपा माओबादीले एमालेलाई सर्मथन गर्दै उम्मेद्धारी फेर्ता

बाजुरा– मसिंर १६ मा हुने स्थानिय तहको निर्वचन अन्तरगत बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदको उम्मेद्धारमा नेकपा एमालेकाे उम्मेदारलाई सर्मथन गर्ने गरि नेकपा माओबादी केन्द्रले उम्मेद्धारी फेर्ता लिएको छ । नेकपा एमाले र माओबादी केन्द्र बिच भएको सहमती अनुसार एमालेलाई सर्मथन गर्दै उम्मेद्धारी फेर्ता लिएको हो ।
नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच ३ बुदे सहमति सहित नेकपा माओबादी केन्द्रका उम्मेद्धार राजु विकले फेर्ता लिएको नेकपा माओबादी केन्द्रले जनाएको छ । २०८४ को स्थानिय तहको निर्बाचनमा माओबादी केन्द्रलाई उपाअध्यक्ष सहित केही वडाअध्यक्षमा सर्मथन गर्ने लगायत सहमती पश्चात माओबादी केन्द्रले उम्मेद्धारलाई फेर्ता गराएको एमालेले जनाएको छ ।

बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी वि.क. र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे(धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताएका छन् ।

गाउँपालिकामा रित्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका भएपनि आज अन्तिम समयमा नेकपा माओवादी र राप्रपाकी उम्मेदवारले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार