• होमपेज
  • उप निर्वाचन बिषेश
  • स्वामीकार्तिक उप निर्वाचन : नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेद्धारले लिए उम्मेदवारी फिर्ता

स्वामीकार्तिक उप निर्वाचन : नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेद्धारले लिए उम्मेदवारी फिर्ता

  • बुधबार, मंसिर ५, २०८१
स्वामीकार्तिक उप निर्वाचन : नेकपा माओवादी केन्द्र र राप्रपाका उम्मेद्धारले लिए उम्मेदवारी फिर्ता

बाजुरा– मंसिर १६ गते हुन लागेको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएका दुई जनाले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी वि.क. र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे(धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताएका छन् ।

गाउँपालिकामा रित्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका भएपनि आज अन्तिम समयमा नेकपा माओवादी र राप्रपाकी उम्मेदवारले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

May be an image of blueprint, floor plan and text

चर्चामा

सम्बन्धित समाचार