• होमपेज
  • बडिमालिका
  • जडाङ्गामा रहेकाे बेलिबृज दानसाँघु स्थानान्तरणका लागि सर्भे

जडाङ्गामा रहेकाे बेलिबृज दानसाँघु स्थानान्तरणका लागि सर्भे

  • बुधबार, मंसिर ५, २०८१
जडाङ्गामा रहेकाे बेलिबृज  दानसाँघु स्थानान्तरणका लागि सर्भे

बाजुरा– जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाको  दानसाँघु (काेल्टीखाेला) मा बेलिब्रिज पुल निर्माणका लागि सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले सर्भेकाे काम सम्पन्न गरेकाे हाे ।  मार्तडीदेखि कोल्टी सडक सूचारु भएको झण्डै २५ वर्ष भए पनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा यहाँ चल्ले सवारी साधानलाई  बर्खाकाे समयमा दानसाँघु खोला वारपार गर्न निकै सास्ती खेप्दै आउनुपरेको छ ।

सडक डिभिजन कार्यालय अछामले  बडिमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी दानसाँघु खोलामा बेलिब्रिज पुलको सर्भे गरिएको बुढिनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराले बताएका छन । हिउँदको महिनामा चिसोले खोला तर्न नसकिने र बर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकाले यहाँ सवारी साधानलाई खोला वारपार गर्न निकै समस्या हुदै आएकाेमा अब बेलिबृज निर्माण भयाे भने सहज हुने नगर प्रमुख बाेहराले बताए । दानसाँघु खाेलामा बेलिब्रिज पुल निर्माण भएपछि बुढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगनाथ र स्वामिकार्तिकका खापर गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाइ समेत सहज हुने  नगरप्रमुख बाेहराले बताए ।

मार्तडी कोल्टी सडकअन्तर्गत पर्ने दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माणका लागि सर्भे भएको सडक डिभिजन कार्यालय अछामले जनाएकाे छ । यता बडिमालिका नगरपालिकाको जडाङ्गा खोलामा स्टक रहेको बेलीब्रिजलाई दानसाँघुमा खोलामा राख्ने गरी  सोमबार मात्र सर्भेकाे काम सम्पन्न भएकाे सडक डिभिजन कार्यालय अछामले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार