बाजुरा– जिल्लाको बुढीगंगा नगरपालिकामा उत्थानशिल परियोजना संचालन हुने भएको छ । बुढीगंगा नगरपालिका र सामुदायीक बिकाश केन्द्र बिच समझदारी पत्रमा हस्ताक्षर गर्दै औपचारीक रुपमा परियोवजनाको शुभारम्भ गरिएको हो ।
यूएसएड र लुर्थन वल्र्ड रिलिफको सहयोग तथा सामुदायीक बिकाश संस्था डोटीको साझेदारीमा सो कार्यक्रम बुढीगंगा नगरपालिकामा संचालन गरिने बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाले बताएका छन । नगपालिकामा बिपत, कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने उदेस्यका साथ परियोजना संचाललन गरिने सस्थाले जनाएको छ ।