• होमपेज
  • समाज
  • खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै भएन मर्मत

खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै भएन मर्मत

जोखिममा आवतजावत गर्दै स्थानीयबासी

  • मङ्लबार, मंसिर ४, २०८१
खच्चड फसेको कर्णाली नदीको झोलुङ्गे पुल अझै भएन मर्मत

टेक बहादुर बुढा —कर्णाली नदीमा खच्चड फसेको झोलुङ्गे अझै भएन मर्मत हुन सकेको छैन्। स्थानीयबासी त्यही जोखिम तथा जीर्ण पुलमा आवतजावत गर्ने गरेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्यूला जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड अड्किएका थिए । उद्धारका क्रममा दुइटा खच्चडको मृत्यु भएको थियो ।

जीर्ण तथा जोखिम बनेको करिब ६ महिना बितेको छ । तर अहिले सम्म मर्मत तथा पुनःनिर्माण हुन सकेका छैनन् । २०८१ जेठ २७ गते बिहान अछामबाट दैलेखतिर सामान बोकेर हिँडेका १३ वटा खच्चड कर्णाली नदीको झोलुङ्गे पुलमा फसेका थिए । दैनिक उपभोग्यवस्तु लिएर हिडिरहेको खच्चड एक्कासी सो पुलको बिचैमा फसे ।

पुलमा फसेका १३ वटा खच्चडको करिब ६ घण्टापछि स्थानीय र प्रहरीले उद्धार गर्ने गरेको थियो । ११ वटा खच्चडको जीवितै उद्धार गरिएको थियो । पुलको जाली काटेर खच्चडलाई कर्णालीमा खसालेका ११ वटा खच्चड बाँचे तर दुईवटा भने बचेनन् । मृत्यु भएका दुई खच्चडमध्ये एकको पुलमै र एकको नदीमा खस्दा ज्यान गएको स्थानीयहरुले बताएका छन् ।

सो झोलुङ्गे पुलमा खच्चड फसेको खबर एकाएक विश्वभर पुग्यो र सरोकारवालाहरुले तत्काल उक्त पुल मर्मत गर्ने वाचा समेत गरेका थिए । झण्डै दुई दशकअघि बनेको उक्त पुलको नियमित मर्मत नहुँदा जीर्ण बनेको र खच्चड फसेर झनै जीर्ण बनेको सो झोलुङ्गे पुलको हालसम्म मर्मत गर्न कसैको ध्यान नगएको खिड्कीज्यूलाका स्थानीयबासीहरुले गुनासो गरेका छन् ।

खिड्कीज्यूलाका स्थानीय गणेश शाहीले भने सम्बन्धित निकायले सो पुल मर्मत या तत्काल आवतजावत बन्द गर्नुपर्ने बताए । त्यस्तै सो पुल नजिकै रहेको कालेकाँडा स्वास्थ्य चौकीका इन्चार्ज अर्जुन बमले जीर्ण बनेको पुलको मर्मततिर सम्बन्धित निकायहरूले चासो नदिएको र अहिले पनि सो पुलमा स्थानीयबासीहरु आवतजावत गरिरहेको बताएका छन् ।

खिड्कीज्यूला नजिकै अलि तल रहेको अर्को झोलुङ्गे पुल भएपनि नजिकै मन्दिर हुँदा सुत्केरी तथा छाउपडि महिलाहरुलाई आवतजावत नगर्ने गरेका छन् । एकातिर अलि टाढा भएकाले पनि सबै यहि पुल बाट आवतजावत गर्ने गरेका छन् । बिद्यालयमा आवतजावत गर्दा छात्राहरुले महिनावारी हुँदा जीर्ण पुलबाटै विद्यालय जानुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मी बमले बताए । सुत्केरी तथा छाउपडि त तलबाट जादैनन् थिए थिए अरु पनि टाढा भएकाले यहि पुल बाट आवतजावत गर्ने गरेको उनले बताए ।

खच्चड फसेर निकै जीर्ण बनेको सो पुलमा अहिले ज्यान जोखिममा पारेर स्थानीयबासी आवतजावत गर्न बाध्य छन् । त्यस्तै जीर्ण पुलमा घटना भएको करिब ६ महिना पुग्न लाग्दा पनि सम्बन्धित निकायले मर्मत सम्भारमा ध्यान नदिँदा त्याँहाका स्थानीयहरुको दैनिकी कष्टकर बनिरहेको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले आफू पनि घटना घटिसकेपछि जिल्लामा आएको बताएका छन् । तत्काल सो स्थानमै गएर त्याँहाको अवस्थाका बारेमा बुझने बताएका छन् । पुल बनाउन सम्बन्धि निकायलाई आग्रह गर्ने बताए ।

जीर्ण रहेको पुल बाट तल रहेको पुल तिन बर्ष अधि निर्माण शुरु भएको पुल गत साउनमा मात्र निर्माण कार्य सम्पन्न भएको थियो । पुल नजिकै मन्दिर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार