• होमपेज
  • उप निर्वाचन बिषेश
  • आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

  • सोमवार, मंसिर ३, २०८१
आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

 स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

जसका लागि आइतबार विभिन्न ४२ पदका लागि चार सय सात जनाको मनोयन पत्र दर्ता भएको छ । यस्तै जिसस प्रमुख पदका लागि पनि ३ जनाको उम्मेदवारी परेको छ ।

चर्चामा

सम्बन्धित समाचार