• होमपेज
  • उप निर्वाचन बिषेश
  • स्वामीकार्तिकमा मुख्य निर्बाचन अधिकृत्तको कार्यालय उद्घाटन

स्वामीकार्तिकमा मुख्य निर्बाचन अधिकृत्तको कार्यालय उद्घाटन

  • शुक्रबार, कार्तिक ३०, २०८१
स्वामीकार्तिकमा मुख्य निर्बाचन अधिकृत्तको कार्यालय उद्घाटन

बाजुरा ३० कार्तिक– स्वामीकार्तिक खापर गाउपालिकामा उपाध्यक्ष पदको उपनिर्बाचनका लागी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आगामी मंसिर १६ गते हुने उपनिर्बाचनको लागि कार्तिक ३० गते स्वामीकार्तिक खापर गाउँपालिकाको केन्द्र सुईजिउलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्बाचन अधिकृत्त संजीव पोखरेले जानकारी दिएको छ ।
रिक्त उपाध्यक्ष पदको मनोनय दर्ता देखि मतगणना गाउपालिकामा नै गर्नु पर्ने भएकाले गाउँपालिकाको केन्द्रमा नै कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताइएका छन् ।
कार्यालय स्थापना पछि मंसिर १ गते देखी निर्बाचनका कामहरु अगाडी बढाउने तयारी रहेको कर्यालयले जानकारी दिएको छ । ।
२०७९ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिकाकी उपाध्यक्ष मैनादेवी जोशीकोे निधन पछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो ।

चर्चामा

सम्बन्धित समाचार