• होमपेज
  • उप निर्वाचन बिषेश
  • नेपाली काँग्रेशबाट स्वामीकार्तिकमा शाही सिफारिस

नेपाली काँग्रेशबाट स्वामीकार्तिकमा शाही सिफारिस

  • बिहिबार, कार्तिक २९, २०८१
नेपाली काँग्रेशबाट स्वामीकार्तिकमा शाही सिफारिस

बाजुरा २९ कार्तिक– मंसिर १६ गते हुने उपनिर्बाचनमा बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउपालिकामा नेपाली कांग्रेसले पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ ।
नेपाली काँग्रेशले पुल्तीसरा शाहीलाई उम्मेद्धारी बनाउने निणर्य गरेको नेपाली काँग्रेश बाजुरा जिल्ला कार्य समिति उपसभापती पदम बडुवालले जानकारी दिए । पार्टीले शाहीलाई उम्मेद्धारी बनाउने निर्णय गरेको छ, नेकपा एकिकृत्त समाजबादी पार्टीसंग गठबन्धनका बिषयमा पनि छलफल भईरहेको बताए । कांग्रेसले उम्मेदवार बनाएकी शाही नेपाली काग्रेश बाजुरा जिल्ला प्रदेश सभा (क) की सदस्य हुन ।
त्यस्तै नेकपा एमाले बाजुराले यस अघि नै सर्वसम्मत रुपमा सुलोचना भण्डारी बुढालाई उम्मेदवार बनाइसकेको छ, भने नेकपा माओवादी केन्द्रले पनि राजुकुमारी बिकलाई आधिकारीक उम्मेदवार बनाउने निणर्य गरेको छ । नेकपा एकिकृत्त समाजबादी पार्टीले भने उम्मेद्धार बिनै चुनावी प्रचार प्रशार गरिरहेको छ । समाजबादी पार्टीले नेपाली काँग्रेशसंग सहकार्य गर्ने संकेत देखाएको छ ।
०७९ को स्थानीय तहको निर्बाचनमा निर्बाचित उपाधयक्ष मैना जोशीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । जैशी नेपाली काँग्रेशबाट निर्बाचित थिईन ।

चर्चामा

सम्बन्धित समाचार