• होमपेज
  • राजनीति
  • जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

  • बुधबार, कार्तिक २८, २०८१
जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले बुझाए प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं जुम्ला जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० बुँदे ज्ञापन पत्र बुझाएका छन् । बुधवार जुम्ला पुगेका प्रधानमन्त्री ओलीलाई शाहीले कर्णालीको विकासका लागि प्रधानमन्त्रीलाई १० बुँदे ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा आत्मनिर्भर कृषि उत्पादन, प्रतिष्ठानका पदहरूमा योग्यतामा आधारित नियुक्ति, कर्मचारीको व्यवस्थापन र तलब–भत्तामा सुधार लगायत माग रहेका छन् ।

१. आत्मनिर्भर कृषि उत्पादन : स्वदेशी फलफूल र तरकारी उत्पादनलाई आधुनिकीकरण गर्दै साना तथा ठुला किसानलाई आर्थिक रूपमा सबल बनाउन सरकारी विधेयक ल्याउन आग्रह गरिएको छ।

२. प्रतिष्ठानका पदहरूमा योग्यता आधारित नियुक्ति : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदहरूमा राजनीतिक नियुक्तिको सट्टा योग्य व्यक्तिहरू नियुक्त गर्न माग।

३. कर्मचारीको व्यवस्थापन र तलब -भत्ता सुधार : लामो समयदेखि तलब) भत्तामा अनियमितता भोग्दै आएका स्थायी शिक्षक तथा कर्मचारीहरूको व्यवस्थापन गर्दै अनावश्यक राजनीतिक नियुक्ति रोक्न माग।

४. डायलिसिस मेसिनको संचालन : दक्ष जनशक्तिको अभावमा सञ्चालनमा नआएको डायलिसिस मेसिनलाई तत्काल सञ्चालनमा ल्याउन।

५. प्राध्यापक र सहप्राध्यापकको नियुक्ति : अस्पताल सेवा र शैक्षिक कार्यक्रममा अवरोध नहोस् भनी प्राध्यापक र सहप्राध्यापक पदमा शीघ्र नियुक्ति गरियोस्।

. शिक्षक, विद्यार्थी आवास र स्वास्थ्य उपकरणको बजेट : एमआरआई मेसिन लगायत अन्य स्वास्थ्य उपकरण खरिदका लागि बजेटको व्यवस्था गरियोस्।

. स्याउ कर्पोरेसनको स्थापना : जुम्लामा उत्पादन भएको स्याउ उचित मूल्यमा खरिद गरी बजार व्यवस्थापन गर्ने स्याउ कर्पोरेसनको स्थापनाको माग।

. फलफूल विकास कार्यालय स्थापना : स्याउ र ओखर लगायत फलफूलको उत्पादन बढाउन विज्ञहरूको दरबन्दी राखेर छुट्टै फलफूल विकास कार्यालय स्थापना गरियोस्।

१०. कर्णाली प्राविधिक शिक्षालयको स्तरोन्नति : फलफूल, जडीबुटी र बन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालयलाई थप बजेटको व्यवस्थासहित स्तरोन्नति गरियोस्।

१०. कर्णाली राजमार्ग र वैकल्पिक सडक स्तरोन्नति : कर्णाली राजमार्ग तथा वैकल्पिक सुर्खेत (दैलेख) नाग्मा सडकको स्तरोन्नति तथा मर्मत गरियोस्।

चर्चामा

सम्बन्धित समाचार