• होमपेज
  • उप निर्वाचन बिषेश
  • बाजुराको स्वामिकार्तिकमा हुने उपनिर्वाचनका लागि उम्मेद्धार भेटिएन्ः रास्वपा बाजुरा

बाजुराको स्वामिकार्तिकमा हुने उपनिर्वाचनका लागि उम्मेद्धार भेटिएन्ः रास्वपा बाजुरा

  • मङ्लबार, कार्तिक २७, २०८१
बाजुराको स्वामिकार्तिकमा हुने उपनिर्वाचनका लागि उम्मेद्धार भेटिएन्ः रास्वपा बाजुरा

बाजुरा —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि उपयुक्त उम्मेद्धार नभेटिएको जनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरु उम्मेद्धार घोषणा गरेर चुनावी अभियानमा व्यस्त भएपनि रास्वपाले भने अहिलेसम्म उम्मेद्धार नभेटिएको बताएको छ ।

तत्कालीन गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन भएपछि मंसिर १६ गते सो पदमा उपनिर्वाचन हुदैँछ ।

रास्वपा बाजुरा जिल्ला संयोजक नवराज जैशीले बडीमालिका खवरसँग कुरा गर्दै भने, बाजुरामा हाम्रो बलियो संगठन पनि छैन् त्यसैमा उपनिर्वाचन हुने स्वाकिार्तिकमा उपयुक्त उम्मेद्धार पाएका छैनौ, यद्यपि पार्टीले छलफल गरिएको छ । त्यस्तै महिला उम्मेद्धार अनिवार्य भएकाले स्वामिकार्तिकमा हुने उपनिर्वाचनका लागि हालसम्म उपयुक्त उम्मेद्धार नपाइएको उनले बताएका छन् । जिल्ला संयोजक जैशीले थपे, अहिलेसम्म उपयुक्त उम्मेद्धार भेटाएका छैनौ र बाँकी कसलाई सहयोग गर्ने भन्ने बारेमा पार्टीले कुनै निणर्य लिएको छैन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार उपनिर्वाचनका लागि ७ हजार ४ सय ६० मतदाता संख्या रहेको छ ।

स्वामीकार्तिक खापर गाउँपालिकामा ०७९ सालको निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ । उपाध्यक्षमा जोशी १ हजार ८ सय १० मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारी बुढाले एक हजार ६ सय ३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत पाएका थिए ।

याे पनि पढ्नुहाेस्ः

चर्चामा

सम्बन्धित समाचार