• होमपेज
  • समाज
  • बाजुरामा नुन लिन वडाको सिफारीस अनिवार्य

बाजुरामा नुन लिन वडाको सिफारीस अनिवार्य

  • मङ्लबार, कार्तिक २७, २०८१
बाजुरामा नुन लिन वडाको सिफारीस अनिवार्य

बाजुरा —बाजुरामा अनुदानको नुन लिनको लागि वडाको सिफारिस अनिवार्य गरिएको छ । साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय मार्तडी बाजुराले अनुदानको नुन कालो बजारी रोक्न वडाको सिफारिस अनिर्बाय गरिएको कार्यालयले जानकारी दिएको छ । वडाको सिफारिस पछि प्रति घर परिवार संख्याको आधारमा नुन दिने व्यवस्था गरिने जनाएको छ ।

बाजुरा जिल्लाको मार्तडी विक्रि केन्द्रमा यस बर्ष २ हजार ५ सय क्विन्टल कोटा रहेकोमा हाल ६ सय क्विन्टल नुन मौज्जुदा रहेको छ । नुन अभाव नभएर कालो बजारी रोक्न मार्तडी बिक्रि केन्द्रले घरधुरी फर्म बनाएर बडिमालिका नगरपालिकाका सवै वडाहरुमा दिएको र त्यसै फर्मका आधारमा नुन वितरण गरिने साल्ट्र ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय बाजुराका प्रमुख टेक बहादुर बोहराले जानकारी दिए ।

बाजुरामा अनुदानको नुन वस्तुभाउ देखी बाजुरा जिल्लामा कार्यरत कर्मचारी र स्थानियले जिल्ला बाहिर छिमेकी जिल्लाहरुमा लिने गरेको गुनासो पछि कार्यालयले यस्तो निणर्य गरेको छ । बिना प्रमाणले दुई जना ब्यक्ति रहेको परिवारले १० जना भन्दै झुटा लगाएर नुन लिएर बस्तुभाउलाई समेत दिने गरेका छन् । यस्तो खालको कालो बजारी रोक्न सार्वजनिक सूचना मार्फत सिफारिस अनिबार्य बताएको छ । बडिमालिका नगरपालिका बाहेक जिल्लाका अन्य पालिकाका नागरिकका लागि परिचय खुल्ने कागजका आधारमा प्रति ब्यक्ति २ किलो दिने सूचना मार्फत जानकारी गराएको छ ।

बडिमालिका नगरपालिकाबाट वडाको सिफारिस अनिबार्यलाई विस्तारै अन्य पालिकामा पनि लागु गर्ने साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको कार्यालय बाजुराका प्रमुख बोहराले बताए ।

बाजुरा जिल्ला भरि हाल अनुदानको ४ वटा नुन विक्रि केन्द्र ४ वटा अस्थायी विक्रि केन्द्र र केही सहकारीबाट अनुदानको नुन विक्रि बितरण भईरहेको कार्यालयले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार