• होमपेज
  • उप निर्वाचन बिषेश
  • बाजुराकाे स्वामीकार्तिकमा हुने उपनिर्वाचनको तयारी तीव्र

बाजुराकाे स्वामीकार्तिकमा हुने उपनिर्वाचनको तयारी तीव्र

  • मङ्लबार, कार्तिक २७, २०८१
बाजुराकाे स्वामीकार्तिकमा हुने उपनिर्वाचनको तयारी तीव्र

बाजुरा —बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा २०८१ मंसिर १६ गते रिक्त उपाध्यक्ष पदको उपनिर्वाचनको तयारी तीव्र रुपमा अगाडि बढेको छ । ०७९ को स्थानिय तहको निर्वाचनबाट निर्वाचित उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि स्वामीकार्तिक खापर गाउँपालिकामा उपनिर्वाचन हुन लागेको हो ।

स्वामीकार्तिक खपर गाउपालिकामा हुने उप निर्वाचनको लागि ५ वटा मतदान स्थलमा ९ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका जिल्ला निर्वाचन अधिकारी अंगत महतले जानकारी दिनु दिए ।

०७९ सालको स्थानिय निर्वाचनमा रुख चिन्हका उम्मेदार नेपाली कांग्रेसबाट मैना जोशीले १ हजार ८ सय १० मत प्राप्त गरी बिजयी हुनुभएको थियो । उनका प्रतिस्पर्धी सूर्य चिन्हबाट नेकपा एमालेकी सुलोचना बुढाले १ हजार ६ सय ३७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत पाएका थिए ।

मदाताको अन्तिम नामवली कात्तिक २६ गते प्रकाशन गरेको छ । जसमा वडा नम्वर १ मा १ हजार ७ सय २६, वडा नम्वर २ मा १ हजार ३ सय ३८, वडा नम्वर ३ मा २ हजार ७३ जना रहेका छन । त्यसै गरी वडा नम्वर ४ मा १ हजार ४ सय १५, वडा नम्वर ५ मा ९ सय ८ जना गरी जम्मा ७ हजार ४ सय ६० जना मतदाता संख्या रहेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

स्वामीकार्तिक खापर गाउपालिकाको रिक्त उपाध्यक्ष पदको उपनिर्वाचनको लागि बाजुरा जिल्ला अदालतका न्यायधीस संजिव पोखरेललाई निर्वाचन अधिकृत्त तोकिएको छ । निर्वाचन अधिकृत्तको कार्यालय कात्तिक ३० गते स्थापना गर्ने तयारी रहेको जनाएको छ ।

स्थानीय निर्बाचन २०८१मा उम्मेद्धारका लागि खर्चको हद निर्धारण गरिएको छ । जस्मा गाउपालिका अध्यक्ष र उपाध्यक्षले ३ लाख ५० हजार रुपैया खर्च गर्न पाउने तोकिएको छ । स्थानिय तह उपनिर्बाचनको लागि २५ वटा दल निर्वाचन आयोगमा दर्ता भएको जानकारी आएको जिल्ला निर्बाचन कार्यालय बाजुराले जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार