• होमपेज
  • राजनीति
  • काठमाडौँ ल्याइएसँगै लिलाबल्लबलाई अदालतमा पेस

काठमाडौँ ल्याइएसँगै लिलाबल्लबलाई अदालतमा पेस

  • आइतवार, कार्तिक २५, २०८१
काठमाडौँ ल्याइएसँगै लिलाबल्लबलाई अदालतमा पेस

काठमाडौँ —विराटनगरबाट पक्राउ गरेर काठमाडौँ ल्याइएका एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई अदालतमा पेस गरिएको छ । जिल्ला सरकार वकिलको कार्यालयमार्फत उनलाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनलाई २ दिन म्याद थपको माग गरिएको छ । अब अदालतमा बहस पछि म्याद थपबारे निर्णय हुनेछ । जापानमा मानव तस्करी गर्न भूमिका खेलेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीसहितको टोली गत कात्तिक १३ गते जापान गएपनि अध्यागमनले डिपोर्ट गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार