• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला अस्पताल बाजुरामा रहेकाे अक्सिजन पलान्ट बिग्रिदा दुइ महिनादेखी अक्सिजन अभाव

जिल्ला अस्पताल बाजुरामा रहेकाे अक्सिजन पलान्ट बिग्रिदा दुइ महिनादेखी अक्सिजन अभाव

  • बिहिबार, कार्तिक २२, २०८१
जिल्ला अस्पताल बाजुरामा रहेकाे अक्सिजन पलान्ट बिग्रिदा दुइ महिनादेखी अक्सिजन अभाव

बाजुरा– जिल्ला अस्पताल बाजुरामा दुइ महिनादेखी अक्सिजन अभाव भएको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी २ महिनादेखी अक्सीजन अभाव भएको हो ।
पलान्टमा खरावी आएपछि जिल्ला अस्पताल बाजुरामा रहका अक्सिजन सिलिण्डरहरु रित्तिएकाे  जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले बताए । एक महिनादेखी अक्सिजन पलान्ट बन्द भएको र हाल जिल्ला अस्पतालमा अक्सिजन लगाउनुपर्ने बिरामीहरुका लागि बयालपाटाबाट ल्याउनुपर्ने बाध्यता रहेकाे सुचना अधिकारी गिरीले बताए ।
दुइ महिना अगाडी बिग्रीएको मेशीन मर्मत पछि केही दिन स‌चालनमा आएकाे भए पनि फेरी पलान्टमा खरावी आएकाेले हाल जिल्ला अस्पतालमा अक्सिजन अभाव भएकाे उनले बताए । पलान्ट मर्मतका लागि कम्पनीलाई भनिसकेकाे र त्यसका पाठपुर्जा नेपालमा नपाइने भएकाेले चिनबाट मगाएकाे छ अवकाे एक हप्तामा जिल्लामा पुगेर मर्मत भएर संचालनमा आउछ सुचना अधिकारी गिरीले बडिमालिका खवरलाइ भने ।

चिनबाट साम्रगी ल्याउनुपर्दा मर्मतमा ढिलाइ भएको जिल्ला  अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पतालमै भर्ना भएर उपचारमा रहेका बिरामीहरुका लागि भने पाइपबाटै सिधै दिन मिल्ने र एम्बुलेन्स सहित रेफर गरिने बिरामीहरुका लागि समस्या हुने गरेकाे सुचना अधिकारी गिरीले बताए ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार