बाजुरा– नेकपा एमाले निकट युवा संघ नेपाल जिल्ला कमिटि बाजुराले मंसिर १ गते जिल्ला स्तरिय युवा भेलाको आह्वन गरेको छ । मसिर १६ गते हुने स्वामिकार्तिक खापर गाउँपालिकाको उपाअध्यक्ष पदकको निर्बाचन लक्षित भेलाको आयोजना गरिने भएको हो ।
मसिंर २ गते स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्षको पदमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनका लागि हर्सउल्लासका साथ गर्न १ गते जगन्नाथ गाउँपालिकाको पिलुचौरमा भेलाको आयोजना गरिने युवा संघ नेपाल बाजुराका सचिव बिष्न बहादुर कार्कीले बताएका छन । भेलाले स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपनिर्बाचन केन्द्रित रणनिती तयार तथा युवा परिचालन सम्बन्धी छलफल गरिने युवा संघ बाजुराका सचिव कार्कीले बताएका छन ।