• होमपेज
  • समाज
  • बाजुराको खप्तड छेडेदह २ गाज्रामा भोलि दशैंमेला लाग्दै

बाजुराको खप्तड छेडेदह २ गाज्रामा भोलि दशैंमेला लाग्दै

  • मङ्लबार, कार्तिक २०, २०८१
बाजुराको खप्तड छेडेदह २ गाज्रामा भोलि दशैंमेला लाग्दै

बाजुरा —बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ गाज्रामा हरेक बर्ष लाग्ने दशैंमेला यस बर्षपनि लाग्ने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल पञ्चमीका दिन लाग्ने प्रसिद्ध ऐतिहासिक गाज्रा दशैंमेला भोलि अर्थात कार्तिक २१ गते भव्यताका साथ लाग्ने भएको हो ।

गाज्रा दशैंमेलामा बाजुरा जिल्लासहित छिमेकी जिल्ला अछाम र बझाङबाट पनि भक्तजनहरु आउने गर्दछन । आफ्नो मनोकांक्षा पुराहोस् भनेर भगवती मातालाई राँगा बोकाको भाकल गरिन्छ । मनोकांक्षा पुरा भयो भने यहाँ राँगा बोकाको बली चढाउने परम्परा परापूर्वकाल देखि नै चलिआएको छ । मेलामा दिउँसो स्थानीयहरुले पुजापठसंगै आफूले भाकल गरेका राँगा- बोकाको बलिसमेत चढाउने गर्दछन् भने त्यसपछि मेलामा ऐतिहासिक सांस्कृतिक देउडा, न्याउले लगायतका खेलमालका साथै स्थानीय उत्पादनको व्यापारसमेत हुने गर्दछ ।

बिजया दशमी तथा दिपावलीको अन्त्यमा लाग्ने मेला भएकाले पनि याँहा मेला हेर्ने आउने भक्तजनहरुको भिड लाग्ने गरेको वडा अध्यक्ष भक्त बहादुर बुढाले जानकारी दिएका छन् । उक्त दशैंमेला अवधिभर मदिरा बिक्रीवितरण तथा प्रयोगमा रोक लगाइएको छ भने मेला बिथोल्न खोज्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । वडा अध्यक्ष बुढाका अनुसार मालिका युवा क्लवको नेतृत्वमा आजै मन्दिर परिसर सरसफाई गरिएको छ ।

गाज्रा दशैंमेलाको अवसरमा हरेक बर्षझै यसबर्ष पनि ठुलो धनराशिको भलिबल प्रतियोगिता समेत हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार