• होमपेज
  • राजनीति
  • माधव नेपाल नेतृत्वको टोली भेनेजुयला प्रस्थान

माधव नेपाल नेतृत्वको टोली भेनेजुयला प्रस्थान

  • शनिबार, कार्तिक १७, २०८१
माधव नेपाल नेतृत्वको टोली भेनेजुयला प्रस्थान

काठमाडौं —नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको पार्टी सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । उनलाई बिदाई गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका थिए ।

अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार