बाजुरा– नेकपा एकीकृत समाजबादी पार्टी स्वामिकार्तिक खापर गाउँ कमिटीले बिजया दशमी शुभ दिपावली तथा छ्ड पर्व २०८१ सालको अवसरमा शुभकामना आदानप्रदान तथा आगामी मंसिर १६ गते हुने गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुंगो लगाउने बिषयमा कार्यक्रम गरेको छ । मसिंर १६ मा हुने उप निर्बाचनामा स्वामिकार्तिक खापरगाउँपालिकामा हुने उपाअध्यक्ष पदको निर्वाचनमा नेकपा एकिकृत समाजबादी पार्टीले आफ्नै उम्मेदवार बनाएर जाने तयारीमा रहेकाे जनाएकाे छ ।
एकिकृत समाजबादी पार्टी स्वामिकार्तिक खापर गाउँ कमिटिको बिहिबार सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रम संगै आगामी मंसिर १६ मा हुने उप निर्बाचानका बिषयमा समेत छलफल गरिएको नेकपा एकिकृत समाजबादी पार्टीका प्रचार प्रसार बिभाग प्रमुख अनिल शाहीले बताए । उनले भने “मसिंर १६ मा हुने निर्बाचनमा पार्टी एक्लै लड्ने र गठबन्धन गर्न आउने अन्य पार्टीका लागि ढोका खुला रहेको बताए ” ।
बडिमालिका खवर संगको कुराकानीमा प्रचार बिभाग प्रमुख शाहीले कार्तिक २५ गते सम्म उम्मेदवारको टुगों लगाईसक्ने बताएका छन । पार्टीको आन्तरिक छलफल भईरहेको छ २५ गतेसम्म टुङ्यार उम्मेदवार घोषणा गर्ने उनको भनाई रहेको छ । पार्टीको आन्तरिक छलफलले यस अघिका चुनावमा बिभिन्न पार्टीसंग गठबन्धन गर्दा पार्टीलाइ धोका भएकोले निष्कर्ष सहित यस पटक हुने उप निर्बाचनमा एकिकृत समाजबादी पाटी कसैसंग गठबन्धनमा नजाने प्रचार बिभाग प्रमुख शाहीले बताए ।