• होमपेज
  • बडिमालिका
  • सदरमुकाम मार्तडीमा ७ बर्ष देखी सडकको छेउमै डम्पीङ साइड

सदरमुकाम मार्तडीमा ७ बर्ष देखी सडकको छेउमै डम्पीङ साइड

पलाष्टिकको धुवाले चाैराटा गाउँ समेत जाेखीममा

  • बुधबार, कार्तिक १४, २०८१
सदरमुकाम मार्तडीमा ७ बर्ष देखी सडकको छेउमै डम्पीङ साइड

बाजुरा– बडिमालिका नगरपालिकाले ७ बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याउदा मानव स्वास्थ्यमा जाेखीम बढेकाे  छ।  सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर चाैराटा गाउँ र सडक छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको हाे । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा सातबर्ष देखि फोहोर फालिरहेको  र ब्यवस्थापन गर्न नसक्दा दुर्गन्धित बन्नुका साथै छेउमै रहेकाे चाैराटा गाउँ समेत मानव स्वास्थयकाे जाेखिममा परेकाे छ ।

सदरमुकाम मार्तडी र चौराटा गाउँ पनि डम्पीङ साइडको नजिकै रहेकोले धुवाँले मानववस्तिमा समेत असर गर्ने गरेको छ । सडकमा आवतजावत गर्दा त दुर्गन्धित नै छ, तर पलाष्टिको धुवाँले मानवबस्तिमा समेत र वातावरण असर पारिरहेको स्थानियले वताएका छन् । अर्को नजिकै बाहुली खोला भएकाले फोहोर बगेर नदिमा मिसिने गरेको छ । बाहुली हुदै बुढिगंगा नदिसम्म असर पार्ने गरेको छ । यसको ब्यबस्थापन नहुदा नदि समेत दुर्गन्धित भएको छ ।

फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला ब्यबस्थापनको जिम्मा स्थानिय तहलाई रहेको छ । स्थानियको सहमति र वाताबरणमा असर नपर्ने गरी ब्यबस्थापन गर्नुपर्ने ऐनमा उल्लेख रहेको छ । तर नगरपालिकाले भने मानवलाई प्रत्यक्ष असर पार्ने गरि सडकको छेउ किनारामा डम्पीङ साइड बनाइरहेको स्थानिय अम्मर बहादुर दानीले वताएका छन् ।

डम्पीङ साइड ठाँउमा तल बाहुली नदि रहेको छ । माथि मुल सडक र पारीतिर गाउँ  रहेको छ । मार्तडी बाट फोहोर बोकेर टिफरले सडक बाट तल फाल्ने गरेको छ । पलाष्टिक जन्य पदार्थ पनि त्यहाँ फालेर जलाउने गरेका छन् । पलाष्टिको धुवाँले क्यान्सर बनाउने सबै भन्दा खतरा हुने स्वास्थ्यकर्मी बताउँछन् । सडकको छेउमै खुला ठाँउमा फोहोर फाल्नु र जलाउनुले स्वास्थ्यमा गम्भिर असर हुने सिनियर अहेब दिपक शाहले वताए । पलाष्टिकको धुँवा समेत उडिरहेको छ, यसले वाताबरणमा निकै असर पार्ने शाहकाे भनाइ रहेकाे छ ।

डम्पीङ साइडको वाताबरणीय प्रभाब मुल्याकंन गरेको नगरपालिकाले जनाएको भएपनि कार्यन्वयन भने नभएको पाईएको छ । नगरपालिकाकाले भने खुला ठाउँमा फोहोर फालिरहेको स्वीकार गरेकाे छ । अहिले फालिरहेको नजिकै चौरमा डम्पीङ साइड बनाउने गरि दुई बर्षदेखी सडक निर्माण गरेको भएपनि बाहुली खोलाले सडक बगाएर उक्त ठाउँमा बनाउन नसकेको वताए । चाडै सडक निर्माण गरेर डम्पीङ साइडलाई ब्यवस्थापन गर्ने पालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार