शुक्रबार, पुस १२, २०८१
  • होमपेज
  • राजनीति
  • राप्रपाले कीर्तिपुरको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने

राप्रपाले कीर्तिपुरको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने

  • बुधबार, कार्तिक १४, २०८१
राप्रपाले कीर्तिपुरको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने

काठमाडौं– राष्ट्यि प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदमा ध्रुव महर्जन उम्मेदवार बनाउने भएको छ । आज निर्वाचन प्रचार प्रसार कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महर्जनलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।

राप्रपाले वडा १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने भएको छ ।

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ । उनले राप्रपाको विकल्प अरु कुनै पार्टी हुन नसक्ने भन्दै कीर्तिपूरबासीलाई एक पटक महर्जनलाई अवसर दिन आग्रह गरे ।

उनले कांग्रेस, एमाले, माओवादी सबैलाई जनताले भोगिसकेको भन्दै अब राप्रपालाई भोट दिएर जिताउन आह्वान गरे ।

चर्चामा

सम्बन्धित समाचार