• होमपेज
  • देश
  • स्वामीकार्तिक उप निर्बाचन : एमाले गाउँ कमिटीलेको सिफारिस जिल्लाबाट प्रदेशमा सिफारिस

स्वामीकार्तिक उप निर्बाचन : एमाले गाउँ कमिटीलेको सिफारिस जिल्लाबाट प्रदेशमा सिफारिस

  • मङ्लबार, कार्तिक १३, २०८१
स्वामीकार्तिक उप निर्बाचन : एमाले गाउँ कमिटीलेको सिफारिस जिल्लाबाट प्रदेशमा सिफारिस

बाजुरा १३ कार्तिक– मंसिर १६ गते हुने उप निर्वाचानमा स्वामीकार्तिक खपर गाउपालिकामा हुने उपाध्यक्ष पदको निर्बाचनका लागि नेकपा एमाले स्वामीकार्तिक खापर गाउ कमिटीले सुलचना भण्डारी बुढालाई सिफारिस गरेर पठाएको थियो  ।
कार्तिक १२ गते नेकपा एमाले जिल्ला कमिटीको पहिलो सचिवालय बैठकले गाउ कमिटीले पठाएको एकल सिफरिस नै प्रदेश कमिटीलाई पठाउने निर्णय गरिएको पत्रकार सम्मेलन मार्फत नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् । स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको उम्मेदवारमा सुलचना भण्डारी बुढालाई नेकपा एमाले गाउँ कमिटीले सिफारिस गरि जिल्ला कमिटिलाई  कार्तिक ८ गते नै निर्णय गरेर पठाएको थियाे ।
प्रदेश कमिटीले कार्तिक १५ गते केन्द्रिय कमिटीलाई पठाएर कार्तिक २२ गते केन्द्रिय कमिटीले अन्तिममा निर्णय गर्ने अध्यक्ष ओलीले बताएको छ ।
२०७९ सालमा भएको स्थानिय तहको निर्माचनमा नेपाली काँग्रेशबाट निर्बाचिन उपाध्यक्ष मैना जोशीको मृत्यू भएपछि मंसिर १६ गते हुने उप निर्बाचनमा बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउपालिकामा निर्बाचन हुने भएको छ । बुढा ०७९ सालको निर्बाचनमा प्राजित उम्मेद्धार समेत हुन ।

चर्चामा

सम्बन्धित समाचार