आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • कर्णाली प्रदेश
  • बिचमा रहेका बस्तीमा सडक बनाउन हिमाली र ताजाकोट गाउँपालिकाबिच सहमती

बिचमा रहेका बस्तीमा सडक बनाउन हिमाली र ताजाकोट गाउँपालिकाबिच सहमती

  • शनिबार, कार्तिक १०, २०८१
बिचमा रहेका बस्तीमा सडक बनाउन  हिमाली  र ताजाकोट गाउँपालिकाबिच सहमती

बाजुरा– कर्णाली प्रदेश हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको बिचमा रहेका बस्तीमा सडक बनाउन ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको बिच सहमती भएको भएको छ ।ताजाकाेट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका प्रमुख सहित बसेकाे बैठकले यस्तो निणर्य गरेको हो ।
बाजुरा जिल्लाको हिमाली गाउँपालिका र हुम्ला जिल्लाको ताजाकोट गाउँपाउलिकाको सयुक्त बैठकबाट हिमाली गाउँपालिकाकोे बिच्छ्या बौडी र ताजाकोट गाउँपालिकाको मास्पुर गाउँमा सडक संजाल जोड्नको लागी सयुक्त रुपमा बजेट ब्यबस्थापन गर्दै निर्माण गर्ने निणर्य गरिएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
हिमाली गाउँपालिका र ताजाकोट गाउँपालिकाका दुर्गम रहेका बिच्छ्या बौडी तथा ताजाकोट गाउँपालिकाको मास्पुर सम्म सडक बिस्तार गर्न दुबै पालिकाले आबस्यक बजेट ब्यबस्थापन गरि गाउँलाई सडक संजालसंग जोड्ने निणर्य गरिएको प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए ।
बाजुराको बिच्छ्या बौडी तथा ताजाकोट गाउँपालिकाको मास्पुर सम्म सडक बिस्तार हुन नसकेको अबस्थामा अव दुबै पालिकाले आवस्यक बजेट ब्यवस्थापन गरि कार्यन्वयनलाई तिर्वता दिने निणर्य भएको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार