सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

  • शनिबार, कार्तिक १०, २०८१
तिहारका लागि एक अर्ब बराबरको भाइमसला भित्रियो

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो । जसमध्ये १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ताआयता भएको छ भने २६ करोड १ लाख ६८ हजार रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ ।

यसैगरी १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम, ३ लाख २० हजार ८७८ हजार रुपैयाँको ६० लाख ६३ हजार ५९५ किलो नरिवल २ लाख रुपैयाँको २४० किलो कटुस, १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।  यस्तै १० करोड ६१ लाख ६१ हजार रुपैयाँको ३२४६७५ किलो किसमिस र २० करोड ९८ लाख ३९ हजार रुपैयाँको ओखर आयात भएको छ ।

चर्चामा

सम्बन्धित समाचार