शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • फुटबल
  • छेडेदह गोल्डकप छैटाैँ संस्करणकाे बिजेता बन्याे कन्सर्न र उपबिजेता बडीमालिका

छेडेदह गोल्डकप छैटाैँ संस्करणकाे बिजेता बन्याे कन्सर्न र उपबिजेता बडीमालिका

  • शुक्रबार, कार्तिक ९, २०८१
छेडेदह गोल्डकप छैटाैँ संस्करणकाे बिजेता बन्याे कन्सर्न र उपबिजेता बडीमालिका

बाजुरा–  खप्तड छेडेदह गाउँपालिकाको आटिचौरमा सम्पन्न छेडेदह गोल्ड कप तथा छैटौं संस्करणको  कन्सर्न बाजुराकाे टिम बिजेता बनेकाे छ भने उप बिजेता बडिमालिका ९  बनेकाे छ ।

आज सम्पन्न फाइनलमा बिजेता बनेकाे कन्सर्न बाजुराकाे टिमले ४ गाेल सहित बिजेता बनेकाे छ भने उप बिजेता बनेकाे बडिमालिका ९ ले २ गाेल हानेकाे थियाे ।   शिर्ष अंक तालिमकामा पुगेर  फाइनलमा भिडेका कन्सर्न र बडीमालिका ९ फाइनलमा रोचक प्रतिष्पर्धा भएकाे थियाे  ।लगातार चार वर्ष उपाधी जित्दै आएको कन्सर्न बाजुरो यो पटक पनि उपाधी जितेको हो ।

आज भएको खेलमा कन्सर्न बाजुराले बडीमालिका-९ लाई ४-२ ले पराजित गरेको छेडेदह गोल्डकपमा खेल संयोजक कृष्ण ओलीले जानकारी दिएका छन् । खेल सुरु भएको ३० मिनेटमा कन्सर्न बाजुराका जीवन रावलले पहिलो १ गोल हानेका थिए । त्यसको लगत्तै ओमप्रकाश बोहराले १ गोल र हृदयन्द्र सिंहले  १ गोल गरेका थिए ।
खेलको दोस्रो हापमा सिंहले  १ गोल हान्दै ४ बनाएका थिए । भने बडीमालिका-९ का राजेश थापाले १ गोल र सुमन वि.क.ले १ गोल हानेका थिए ।  खेलको दोस्रो हापमा वि.क. र थापाले जवाफीमा कन्सर्न विरुद्ध दुई गोल हानेपनि कन्सर्नले ४ गोल हानेपछि उपाधी जितेको हो ।
यस भन्दा पहिले भएको छेडेदह गोल्डकप प्रतियोगितामा समुह चरणबाट नै बाहिरिदै आएको बडीमालिका–९ यो पटक फाइनलमा प्रवेश गरेको हो ।
अंक तालिकाका आधारमा कन्सर्न  बाजुरा र बडीमालिका देखिएपछि दुई वटै क्लवबीच फाइनलको प्रतिष्पर्धा भएको खेल संयोजक ओलीले बताए ।  असोज ३ गतेबाट सुरु भएको छेडेदह गोल्डकप प्रतियोगिता कार्तिक ९ गते समापन भएको हो ।

No description available.

बाजुरामा सर्वाधिक धनराशीको छेडेदह गोल्डकप २०८१ सम्पन्न भएकाे छ । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको छेडेदह गोल्ड कपको  समापन जिल्ला समन्वय समिति प्रमुख तुलसीराम राेकायाले गरेका हुन ।

कार्तिक ३ गते देखी खप्तड छेडेदह गाउँपालिका ७ आटिचौरमा सुरु भएको गोल्डकपको शुक्रबार एक औपचारिक कार्यक्रमकाविच  जिल्ला समन्वय समिति प्रमुख राेकायाकाे प्रमुख आथित्यमा समापन भएकाे छ । गोल्डकपमा १० टिम सहभागी भएका थिए । हरेक वर्ष दशैं तिहारकाे बिचमा  हुने फुटबल प्रतियोगिता यो वर्ष देखि गोल्डकपको रुपमा आयोजना गरिएकाे छ । छेडेदह गोल्डकपमा विजेतालाई तीन लाख र उपविजेतालाई दुई लाख पुरस्कार राशी घोषणा गरिएको छ ।

छेडेदह स्पोर्टस क्लवका अध्यक्ष लोकेन्द्र बहादुर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया प्रमुख अतिथी रहेका थिए ।
खेलकुद समापन कार्यक्रममा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानिँया,उप प्रमुख माया खड्का(कुँवर),खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावत विशिष्ट अतिथी रहेका थिए ।  क्लवका उपाध्यक्ष लक्ष्मण ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव नरेश नाथले गरेका हुन् ।

खप्तड छेडेदह गाउँपालिका ७ आटीचौरमा २०७६ सालपछि हरेक वर्ष प्रतियोगिता आयोजना हुने गरेको छ । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरिका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिइदै आएको छ ।

यस अघि प्रतियोगिता छेडेदह कपको नाममा आयोजना हूँदै आएको थियो । पाँचौ छेडेदह कपको समापन समारोहमा खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत र उपाध्यक्ष बिशुदेवी नाथले सयुक्त रुपमा छेडेदह गोल्डकपको नामले आयोजना गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार यो वर्षबाट पुरस्कार राशी नै बढाएर छेडेदह गोल्डकप आयोजना गरिएको हो

चर्चामा

सम्बन्धित समाचार