बिहिबार, कार्तिक ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • छेडेदह गाेल्डकपकाे फाइनल : कन्सन बाजुरा र बडिमालिका ९ भिड्दै

छेडेदह गाेल्डकपकाे फाइनल : कन्सन बाजुरा र बडिमालिका ९ भिड्दै

  • बिहिबार, कार्तिक ८, २०८१
छेडेदह गाेल्डकपकाे फाइनल : कन्सन बाजुरा र बडिमालिका ९ भिड्दै

बाजुरा– सेमीफाइनलकाे पहिलो खेलमा कन्सन बाजुरा र सिवाइसी गाैमुलबिच  १-४ ले हराउँदै कन्सन बाजुरा गाेल्कपकाे फाइनलमा प्रवेश गरेको छ। लिग चरणबाट ६ वटा टिम सेमी फाइनलमा प्रवेश नै नपाएर बाहिरएपछि फाइनलमा प्रवेश गर्नका लागि चार टिम सेमी फाइनलमा पुगेका थिए । फाइनलमा प्रवेश गर्नका लागि सेमी फाइनलमा आयोजक रातो र बडीमािलका–९ ले शुन्यका बिरुद्ध ३ गाेल गर्दै  फाइनलमा पुगेकाे छ  ।
सेमी फाइनलबाट विजेता तथा अंक तालिकाका आधारमा दुई टिम कन्सन बाजुरा र बडिमालिका ९ फाइनलमा प्रवेश गरेका छन । आज भएकाे खेलमा विजेता दुई टिम फाइनलमा प्रवेशसंगै गोल्डकपको उपाधीका लागि भिड्ने छन् ।  विजेता टिमले गोल्डकप सहित तीन लाख र उप विजेता टिमले दुइ लाख राशीको पुरस्कार पाउने छन् ।
खेलमा समावेश भएका दश टिम मध्ये उत्कृष्ट एक जना गोल रक्षक र तीन जना उत्कृष्ट गोलकर्ता पनि घोषित गरिने आयोजकले जनाएको छ ।  कन्सन बाजुरा यसअघिका छेडेदह फुटबल प्रतियोगितामा ४ पटक बिजेता टिम पनि हो ।

चर्चामा

सम्बन्धित समाचार