बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • राजनीति
  • यस्ता छन् ओली सरकारका १०० दिनका उपलब्धि (पूर्णपाठ)

यस्ता छन् ओली सरकारका १०० दिनका उपलब्धि (पूर्णपाठ)

  • बुधबार, कार्तिक ७, २०८१
यस्ता छन् ओली सरकारका १०० दिनका उपलब्धि (पूर्णपाठ)

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारवाहीको फेहरिस्त सार्वजनिक भएको छ। प्रधानमन्त्री ओलीले १०० दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका मु्ख्य उपलब्धिहरूको विवरण सार्वजनिक गरेका हुन्।

उपलब्धिमा उनले भर्खरै भएको बाढी पहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण,राहत वितरण,जाजरकोट र रुकुममा भूकम्पपछिका पुनर्निर्माणलगायत विषयलाई समेटेका छन्। रासायनिक मलको बन्दोवस्ती ,निर्माण व्यवसायीलाई ६ अर्ब ७५ करोड उपलब्ध गराइएको,१६५ जना युवालाई कर्जा प्रवाह गरेको,सहकारी ठगलाई कारवाही सुरू गरिएको,बंगलादेशलाई ४० मेघावाट विजुली बिक्री गर्न गरिएको सम्झौता,संविधान दिवसका दिन दरबार मार्गमा मनाइएको नेसनल डे कन्सर्टलाई प्रधानमन्त्री ओलीले आफ्नो १०० दिनको उपलब्धिका रुपमा सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा राष्ट्रियतालाई थप मजबुत बनाउने,मुलुकलाई प्रतिगमनमा जानबाट रोक्ने,शान्ति प्रक्रियाका बाँकी काम निष्कर्षमा पुर्‍याउने बताए।

ओली गत असार ३० गते चौथो पटक प्रधानमन्त्री बनेका थिए। प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। नेपाली कांग्रेसको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका थिए। गत असार १७ गते कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्नेलगायत विषयमा सहमति भएको थियो।

त्यसपछि एमाले र जनता समाजवादी पार्टीले प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। अल्पमतमा परेका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएपछि उनी पदमुक्त भएका थिए।

चर्चामा

सम्बन्धित समाचार