बुधबार, कार्तिक ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगर स्तरीय बाल क्लव र युवा सञ्जालले कात्र्तिक १४ गते सांस्कृतिक कार्यक्रम गर्ने

बडीमालिका नगर स्तरीय बाल क्लव र युवा सञ्जालले कात्र्तिक १४ गते सांस्कृतिक कार्यक्रम गर्ने

  • बुधबार, कार्तिक ७, २०८१
बडीमालिका नगर स्तरीय बाल क्लव र युवा सञ्जालले कात्र्तिक १४ गते सांस्कृतिक कार्यक्रम गर्ने

बाजुरा —बाजुराको बडीमालिका नगरपालिका स्तरीय बाल क्लव र युवा सञ्जालले शुभ दिपावलीको अवसरमा जनचेतनामूलक सांस्कृतिक तथा सडक नाटक कार्यक्रम गर्ने भएको छ । नगर स्तरीय बाल क्लव र युवा सञ्जालको आयोजना र नगरपालिका सहित विभिन्न गैरसरकारी संघ संस्थाहरुको सहयोग तथा समन्वयमा कार्तिक १४ गते कार्यक्रम गर्ने जनाएको छ ।

बुधवार बडीमालिका नगरपालिकाले तिहार तथा छठ पर्वको अवसरमा बाल क्लव र युवा सञ्जालले गर्ने जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका बिषयमा सरोकारवालाहरुसँग गरेको बैठकबाट समय तथा कार्यक्रमहरु निर्धारण गरेको छ ।

बैठकले कात्र्तिक १४ गते पालिका स्तरीय जनचेतनामूलक कार्यक्रम गर्ने र त्यसका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायतका बारेमा निष्कर्ष निकालेको जनाएको छ । नगरपालिकाका अनुसार कार्यक्रममा ९ वटै वडाका बाल क्लवहरुविच बालमैत्री शासन पद्धति तथा स्थानीय पहिरन झःिकने प्रतिष्पर्धात्मक सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

त्यस्तै जिल्लामा रहेको गैरसरकारी संस्था सामुदायिक विकास केन्द लगायतका संस्थाहरुको सहयोगमा युवा सञ्जालले विपद् सम्बन्धी कृत्रिम घटना अभ्यास र नगरस्तरीय बाल क्लवले बाल श्रम न्युनिकरण बारेमा सडक नाटक सञ्चालन हुने भएका छन् ।

बडीमालिका नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर ७ का अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको छलफल कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत पुष्पराज भट्ट, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक देव बहादुर चौधरी, नगरस्तरिय युवा सञ्जाल तथा बाल क्लवका प्रतिनिधि पत्रकार लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार