मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • बजार
  • आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

  • मङ्लबार, कार्तिक ६, २०८१
आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ । दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ ।

सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो । जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो ।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार