• होमपेज
  • राजनीति
  • मैले नेकपा एस छाडिसकेँः प्रेम आले

मैले नेकपा एस छाडिसकेँः प्रेम आले

  • सोमवार, कार्तिक ५, २०८१
मैले नेकपा एस छाडिसकेँः प्रेम आले

धनगढी— प्रतिनिधि सभा सदस्य प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन्।

नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए। आलेले एमाले र कांग्रेसमा पनि नजाने बताए। नेकपा एस छाडेर अहिले तटस्थ बसेको उनको भनाई छ। कतै जाने सोच समेत नभएको उनको दाबी छ। उनले नेकपा एसको त महाधिवेशन नै बहिष्कार गरेको समेत तर्क छ। तर एमालेमा कुनै पनि हालतमा नजाने उनको दाबी छ।

डोटीबाट तत्कालिन सत्ता गठबन्धनका उम्मेदवार आलेले नेकपा एमालेका उम्मेदवार गौरी ओलीलाई चार हजार २०६ मतान्तरले पराजित गरेर एकीकृत समाजवादीबाट निर्वाचित भएका थिए। आलेले २७ हजार २१० मत र ओलीले २३ हजार चार मत प्राप्त गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार