सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • बडिमालिका
  • अरिङ्गालको टोकाइबाट गम्भीर घाइते साउँदको मृत्यु

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते साउँदको मृत्यु

  • सोमवार, कार्तिक ५, २०८१
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते साउँदको मृत्यु

बाजुरा– बडिमालिका नगरपालिका ५ मनामा  अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६० बर्षिय डम्म साउँद रहेका छन् ।

असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा मृत्यू भएको स्थानिय नरेन्द्र थापाले मुम्बई बाट जानकारी दिनुभयो ।

अरिङ्गालको घर भत्काउन साउँद संगै गएका अर्का स्थानिय बडिमालिका नगरपालिका ५ मनाकै ६५ बर्षिया अंगे बडुवालको भने यसअघिनै घटना स्थलमै मृत्यु भइसकेको छ।

चर्चामा

सम्बन्धित समाचार