सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • एमबीबीएस पढ्न सुदूरपश्चिम सरकारले ९ जनालाई छात्रवृत्ति दिँदै

एमबीबीएस पढ्न सुदूरपश्चिम सरकारले ९ जनालाई छात्रवृत्ति दिँदै

  • सोमवार, कार्तिक ५, २०८१
एमबीबीएस पढ्न सुदूरपश्चिम सरकारले ९ जनालाई छात्रवृत्ति दिँदै

सुदूरपश्चिम प्रदेश सरकारले एमबीबीएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने भएको छ। सरकारले सुदूरपश्चिम स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिन लागेको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गर्दै छात्रवृत्तिका लागि कार्तिकको १३ गतेभित्र आवेदन दिन भनेको छ। छात्रवृत्तिमा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रका लागि छुट्टाइएको छ।

चर्चामा

सम्बन्धित समाचार